२२ कात्तिक २०८३, आईतवार

सहकारीकै कारण मुलुकमा आर्थिक सहजता : सहकारी मन्त्री

२०७३ असोज ९, आईतवार
सहकारीकै कारण मुलुकमा आर्थिक सहजता : सहकारी मन्त्री

thaniलमजुङ । सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले नागरिकको आर्थिक समृद्धिका लागि सहकारीको ठूलो देन रहेको बताएका छन् ।

सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्थाको १७औँ साधारणसभालाई सम्बोधन गर्दै उनले राष्ट्रको प्रगतिमा सहकारीको ठूलो योगदान रहेको बताए । सहकारीकै कारण मुलुकमा आर्थिक सहजता आएको र ४६ प्रतिशत महिला सहकारीमा आबद्ध भएको उनकाे भनाई थियाे ।

सहकारी क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै उनले अवसर लुट्ने प्रवृत्तिमा रहेका सहकारी सञ्चालकलाई सरकारले कारबाहीको दायरामा ल्याउने बताए ।

अभिलेख

लोकप्रिय