२२ कात्तिक २०८३, आईतवार

बेनीमा सहकारी बैङ्कको शाखा खोल्ने तयारी

२०७३ असोज ६, बिहिबार
बेनीमा सहकारी बैङ्कको शाखा खोल्ने तयारी

coop-bank

म्याग्दी । बेनीमा राष्ट्रिय सहकारी बैङ्कको शाखा स्थापना गर्ने तयारी गरिएको छ । शाखा खोल्ने विषयमा मंगलबार बागलुङ शाखाको आयोजनामा म्याग्दी र उत्तरी पर्वतमा रहेका सहकारी संस्थाका प्रतिनिधिहरुसंग अन्तरक्रिया सम्पन्न गरिएको छ । सो कार्यक्रममा सहभागिहरुले बेनीमा सहकारी बैङ्कको शाखा स्थापना गर्ने निर्णय गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैङ्कका प्रबन्ध सञ्चालक केवी उप्रेतीले सहकारीको विकास र प्रर्वद्धनका लागि शाखा खोल्न आवश्यक रहेको बताए । बैङ्कका सञ्चालक रामबहादुर जिसीले कार्यक्रमको उद्देश्य र धौलागिरीमा सहकारीको अवस्थाका विषयमा जानकारी गराए ।
४० भन्दा बढी सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको भेलाले शाखा खोल्नका लागि सदस्य विस्तार गर्न जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्की (दिपक बिखर्ची)को संयोजकत्वमा ११ सदस्यीय समन्वय उपसमिति गठन भएको छ ।
समन्वय उपसमितिका सदस्यहरुमा अमृता भण्डारी, सुदर्शनकुमार श्रेष्ठ, रमेश गिरी, थमबहादुर गर्वुजा, लिलाबहादुर बानिया, विजयकुमार श्रेष्ठ, लालबहादुर अधिकारी, जमुना आचार्य, शेरबहादुर केसी र यामबहादुर खड्का रहेका छन् ।
उपसमितिले बैंकको सदस्य विस्तार लगायत बैंकको शाखा स्थापनाका लागि पहलकदमी गर्ने सदस्य लालबहादुर अधिकारीले जानकारी दिए । बैकको देशभर ३७ शाखा रहेको छ ।

अभिलेख

लोकप्रिय