शैलभा सहकारीको सेवा केन्द्र न्युरोडमा

काठमाडौं । सितापाईला स्थित सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले पहिलो सेवा केन्द्र न्युरोडमा स्थापना गरेको छ ।
संस्थाले इन्द्र जात्राको विशेष अवसर पारी सेवा सुरु गरेको हो । न्युरोड क्षेत्रका सदस्यलाई सेवा पुर्याउने उद्देश्यले से केन्द्र स्थापना गरिएको संस्थाका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिए । सितापाईला क्षेत्रका सदस्यहरु न्यूरोड क्षेत्रमा सामन किनमेल गर्न आउँदा पनि सेवा केन्द्र मार्फत सेवा लिन सकिने अध्यक्ष श्रेष्ठले बताए । सेवा केन्द्र शुभारम्भको अवसरमा नयाँ सदस्यहरुलाई स्वागत समेत गरिएको थियो ।

सेवा केन्द्र स्थापनाले समुदायमा सहकारीप्रति विश्वास र कारोवार थप वृद्धि हुने जिल्ला सहकारी संघ काठमाडौंका सञ्चालक तथा उपासमा महिला बचत तथा ऋण सहकारीका अध्यक्ष अमरावती महर्जनले बताईन । सदस्यहरुलाई सरल कर्जा लगानी, बचत संकलन र उद्यम तथा व्यवसाय प्रवद्र्धनमा प्रभावकारी ढंगले काम गर्न महर्जनले सुझाव दिईन ।
संस्थाले करिब ५ हजार सदस्यबीच ३५ करोडको कारोबार गरीरहेको छ । सेवा केन्द्र स्थापना संगै ५० करोड कारोबार गर्ने लक्ष्य संस्थाले लिएको छ । सदस्यहरुलाई वित्तिय सेवा अलावा समुदायको आर्थिक विकास तथा सामाजिक न्यायको सन्दर्भमा प्रभावकारी ढंगले काम गरिरहेको अध्यक्ष श्रेष्ठले बताए । सामाजिक सेवा तथा रचनात्मक क्रियाकलापको क्षेत्रमासमेत संस्था क्रियाशिल रहेको छ ।
संस्थाले केही समय पछि दोस्रो सेवा केन्द्र कालिमाटीमा स्थापना तयारी गरेको छ । सेवाकेन्द्रको लागि सहकारी विभागबाट स्विकृती लिईसकेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
