हातेमालो र जोर्लाईमाई सहकारी बीच सैद्धान्तिक एकीकरण घोषणा

बारा । सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था र डुमरवानास्थित जोर्लाइमाई बचत तथा ऋण सहकारी संस्थावीच एकीकरण हुने भएको छ ।
हातेमालो सहकारीमा आयोजित दुवै संस्थाका पदाधिकारीहरुले संस्थाहरुबीच एकीकरणको सैद्धान्तिक घोषणा गरेका हुन् । हातेमालोका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा बसेको संयुक्त वैठकले आगामी असोज १५ गतेसम्म एकीकरण गरिसक्ने घोषणा भएको हो ।
सहकारी अभियानको आवश्यकता, गुणस्तरीय वित्तिय सेवा र जोखिम न्युनीकरणका लागि संस्था एकीकरणमा पवित्र भावनाका साथ अग्रसर भएको हातेमालोका अध्यक्ष कृष्ण पौडेलले बताए । त्यस्तै जोलाईमाई साकोसका अध्यक्ष तिलक रिमालले सदस्यहरुको हित र वित्तिय सेवा प्रभावकारी बनाउनका लागि आफुहरु एकीकरण प्रक्रियामा अघि बढेको बताए ।
दुबै संस्थाहरुबीच एकीकरणलाई प्राविधिक ढंगले पुरा गर्नका लागि हातेमालो सहकारीका सञ्चालक दिपक भट्टको संयोजकत्वमा पांच सदस्यीय कार्यदलसमेत गठन गरेको छ । कार्यदलमा हातेमालोको तर्फबाट बरुण गौतम र महेश ढुंगेल एवम् जोर्लाइमाई साकोसको तर्फबाट केशवमाया अर्याल र चोलानाथ आचार्य रहेका छन् ।
एकीकरणपछि संस्थाको नाम हातेमालो बचत तथा ऋण सहकारी संस्था नै रहने र हाल जोलाईमाई सहकारी रहेको स्थानमा सेवा केन्द्र स्थापना गर्ने घोषणा गरिएको छ ।
२३०० सदस्यहरुवीच २१ करोडको कारोवार रहेको हातेमालो सहकारी र करीव २०० सदस्यहरुवीच करीव पचास लाखको कारोवार रहेको जोर्लाईमाई सहकारीवीच एकीकरणपछि सदस्य संख्या २५०० र कारोवार २२ करोड पुग्ने र समुदायमा सहकारीप्रति विश्वास र कारोवार थप वृद्धि हुने अध्यक्ष कृष्ण पौडेलले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
