२२ कात्तिक २०८३, आईतवार

महिलालाई दर सहितको साँगीतिक कार्यक्रम

२०७३ भदौ १४, मङ्गलबार
महिलालाई दर सहितको साँगीतिक कार्यक्रम

dar

बारा । साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको वडा समिति (अन्तर समुह नं. ३) मा आवद्ध महिलाहरुले मनहर्वाको कुस्माडीमा मंगलबार दर सहितको साँगीतिक जमघट गरेका छन् ।

हिन्दुनारीहरुको महान चाड हरितालिका तिजको अवसरमा महिलाहरुले कुस्माडी स्थीत शिव मन्दिर परिषरमा दर सहितको साँगीतिक कार्यक्रमको आयोजना गरेका हुन् । साना किसान समुहमा आवद्ध एकसय बढी महिलाहरु एकैठाउँमा भेला भई रमईलो गदै दरखाने कार्यक्रमकालागि सहकारीले सहयोग गरेको आयोजक समुहकी अगुवा आशा रानाले बताईन् ।

बर्षभरीसँगै मेलापात घाँसदाउरा गर्ने महिला दिदीबहिनीहरु तिजमा आ–आफ्नै माईत जाने गर्दछन् । कतिपय महिलाहरु विभिन्न कारण माईत जान सक्दैनन् । माईत जान नपाउने त्यस्ता महिलाहरुको सहकारी माईती भएर दर खुवाउने कार्यक्रमको रुपमा वडा स्तरमा दरखाने कार्यक्रम यसैबर्षबाट सुरु गरेको संस्थाकी अध्यक्ष नयनकला खड्काले बताउनु भयो ।

वडा समितिका महिलाहरुले अन्य वडाका अगुवा महिलाहरुलाई समेत कार्यक्रममा सहभागी गराएका थिए । दरखाने कार्यक्रम स्थानीय बागमती खतिवडा,कलावती श्रेष्ठ,लक्ष्मीमाया बल, आरती राई लगायतको ब्यवस्थापनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति: २०७३ भदौ १४ गते

अभिलेख

लोकप्रिय