जिल्लाभरका महिला सहकारीकर्मी एकै ठाउँमा !

काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून)को आयोजना तथा महिला उप-समितिको संयोजकत्वमा तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
‘हाम्रो सँस्कृति हाम्रो पहिचान, सँस्कृतिको प्रर्वद्धन कास्कूनको अभियान’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा काठमाडौं जिल्लाका १० वटै क्षेत्रमा सञ्चालित सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहकारी इतिहासमै जिल्लाका सबै महिला सहकारीकर्मीलाई भेला गराई गरिएको यो पहिलो तीज विशेष कार्यक्रम हो । कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमको साथै महिला सहकारीकर्मीहरुलाई दर खुवाउने कार्यक्रम रहेको थियो ।

कार्यक्रममा विभिन्न सहकारीहरुले आ आफ्नो साँस्कृतिक प्रस्तुती राखेका थिए । उपासमा महिला बचत तथा ऋण सहकारी, जय मंगलम बचत तथा ऋण सहकारी, सितलामाई बचत तथा ऋण सहकारी, सज्जन महिला बचत तथा ऋण सहकारी, आर्दश भृकुटि बचत तथा ऋण सहकारी, मपहला श्री बचत तथा ऋण सहकारीहरुले आ आफ्नो प्रस्तुती राखेका थिए । कार्यक्रममा प्रस्तुती राख्ने सहकारीलाई आयोजकको तर्फबाट मायाको चिनो वितरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय सहकारी संघका उपाध्यक्ष तथा सांसद ओमदेवी मल्लले सबै सहकारीकर्मीहरुलाई तीजको शुभकामना दिदै आम नेपाली महिलाहरुको महान पर्व तीजलाई महिलाहरुलाई आफ्नो लक्ष्यमा पुग्न थप उर्जाशिल बनाउने पर्वकोरुपमा मनाउनु पर्ने बताइन् । त्यस्तै राष्ट्रिय सहकारी संघका सञ्चालक चन्द्रप्रसाद ढकालले तीजले महिलामा आत्मीयता बढेको बताए ।
कार्यक्रममा कार्यक्रम अायाेज समितिका सदस्य तथा जिल्ला सहकारी संघ काठमाडाैंका संचालक अमरावती महर्जनले नेपाली महिलाहरुकाे महान् पर्व तीजलाई भड्किलो नबनाई सन्देशमूलक बनाउने अभियान अनुरुप कार्यक्रमकाे अायाेजना गरिएकाे बताईन । यस कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेकाे र यस्ता कार्यक्रमले अात्मियता समेत बढाउने बताईन ।
कार्यक्रमका संयोजक तथा कास्कुनका सञ्चालक रमिला श्रेष्ठले तीज विशेष कार्यक्रमले सिंगो सहकारीकर्मीमा उमंगको वातावरण निर्माण भएको बताईन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
