साकोसको वित्तिय र संस्थागत क्षमता अभिवृद्धि गर्न नेफ्स्कून र सक्षमबीच सहकार्य

काठमाडौं । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले नेपालका बचत तथा ऋण सहकारी संस्थाहरुको वित्तिय र संस्थागत क्षमता अभिवृद्धि गर्न सक्षमसंगको सहकार्यमा एक परियोजना शुरुवात गरेको छ ।
नेफ्स्कून र युकेएड सक्षमले एक कार्यक्रमबीच वित्तिय पहुँचको विस्तार गर्ने परियोजना सम्झौतामा हस्ताक्षर गरेका छन् ।
नेफ्स्कूनले नेपालको मध्ये र सुदुर पश्चिमका बचत तथा ऋण सहकारी संस्थाहरुको संस्थागत क्षमताको विकास र उनीहरुको थोक कर्जामा पहुँच विस्तार गर्न सहयोग गर्ने जनाएकाे छ । परियोजनाले ग्रामिण भेगमा रहेका संस्थाहरुको पहुँच नेफ्स्कूनमा सजिलोसँग पुर्याउन नेफ्स्कूनले क्षेत्रिय कार्यालयहरु दाङ र डडेल्धुरामा विस्तार गर्नुका साथै सक्षमले त्यस क्षेत्रका बचत तथा ऋण सहकारीलाई नेफ्स्कूनको अन्तरलगानी कार्यक्रम तथा अन्य स्रोतहरुमार्फत थोक कर्जा लिन मद्दत गर्ने बताइएकाे छ । यसका अलावा अहिले थोक कर्जा उपयोग गरीरहेका सहकारीहरुको थप ऋण प्रदान गर्ने क्षमता विस्तार गर्न सहयोग पुर्याउने छ ।
यस परियोजना मार्फत नेफ्स्कूनले २ सय सहकारी संस्थाहरुको क्षमता विकास गर्नेछ । यस मार्फत सहकारी संस्थाहरुले तीस हजार नयाँ सदस्यलाई वित्तिय सेवा प्रदान गर्ने परियोजनाको उद्देश्य रहेको छ । क्षमता अभिवृद्धि पछि यी सहकारीले नेफ्स्कून लगायत अन्य थोक कर्जा प्रदान गर्ने संस्थामार्फत कैलाली, डडेल्धुरा, डोटी, बैतडी, कञ्चनपुर, रोल्पा, प्युठान, दाङ, रुकुम र सल्यान जिल्लाका ग्रामिण क्षेत्रमा ६ अर्ब भन्दा बढी ऋण परिचालन गर्ने जनाएको छ ।
परियोजना सम्झौता हस्ताक्षर कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरेले सहकारी र थोक कर्जाले नेपालको ग्रामिण क्षेत्रमा वित्तिय सेवा पुर्याउन महत्वपूर्ण योगदान गरेको बताए । दुर्गम क्षेत्रमा थप पहुँच पुर्याउन सहकारीको क्षमता विकास अपरिहार्य रहेको बताउँदै घिमिरेले सक्षमसंगको यस परियोजनाले सहकारीको क्षमता अभिवृद्धि गर्न र सदस्यलाई गुणस्तरिय सेवा प्रदान गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा बोल्दै सक्षमका टोली प्रमुख बलजित बोहराले नेपालको विकास र समृद्धि ग्रामिण क्षेत्रका मानिसहरुको सशक्तिकरण र उनीहरुको वित्तिय सेवा पुग्ने बहुँचसँग जोडिएको बताए । नेफ्स्कूनले सहकारी मार्फत अहिले गरिरहेको कामले ग्रामिण क्षेत्रका मानिसहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुर्याएको उनको भनाई थियो ।
त्यस्तै नेफ्स्कूनका प्र्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले दुर्गम क्षेत्रका मानिसहरुलाई गुणस्तरिय वित्तिय सेवा विस्तार गर्न अत्यावश्यक भईसकेको बताए । सक्षमसँगको सहकार्यमा सहकारीहरुको क्षमता अभिवृद्धि गरी सफल र दिगो कार्यान्वय गर्न जरुरी रहेको उनको भनाई थियो ।
सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम बेलायत सरकार र नेपाल सरकार बीचको द्धिपक्षिय सहयोगमा लुइस बर्जर द्धारा अन्य संस्थासँगको सहकार्यमा नेपालमा कार्यान्वयन भईरहेको छ ।
प्रकाशित मिति: २०७३ भदाै १३ गते
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
