२२ कात्तिक २०८३, आईतवार

पाँचतारा सहकारीकाे कारोबार ४४ करोड

२०७३ भदौ ११, शनिवार
पाँचतारा सहकारीकाे कारोबार ४४ करोड

5 tara

काठमाडौं । पुरानो सिनामंगल स्थित पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले नवौं साधारणसभा शनिवार भएको छ । सीमा विज्ञ बुद्धिनारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सभाको सभापतित्व संस्थाका अध्यक्ष भोलानाथ पाठकले गरेका थिए ।

सभामा बोल्दै सीमाविज्ञ श्रेष्ठले महिला सशक्तिकरण, रोजगारी सिर्जना र समुन्नत नेपालमा सहकारीको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । त्यसैगरी सहकारीमार्फत नै मुलुकको आर्थिक समृद्धि सम्भव रहेकाले सहकारीको बचतलाई लघु तथा मझौला जलविद्युत आयोजना, घरेलु तथा साना उद्योग र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा उनको जोड थियो । मुलुकको आर्थिक क्रियाकलाप सीमानासँग पनि जोडिने हुँदा गत वर्ष भारतले गरेको नाकाबन्दीले मुलुकको आर्थिक वृद्धिदरलाई खुम्च्याईदिएको उनले बताए । अबको समय राजनीतिक एजेण्डालाई भन्दा पनि आर्थिक क्रान्तिलाई बनाउनुपर्ने भन्दै यसका लागि उद्योग, व्यापार व्यवसाय र पूर्वाधारमा लगानी गरी प्रत्येक नेपालीको क्रयशक्ति बढाउनुपर्ने उनले धारणा राखे ।

सोही अवसरमा सहकारीविज्ञ कैलाशभक्त प्रधानाङ्ग, पूर्व रजिष्ट्रार सुदर्शनप्रसाद ढकाल, राष्ट्रबैंकका पूर्व निर्देशक मनमोहन श्रेष्ठ लगायतले विशिष्ट अतिथिको रुपमा सभालाई सम्बोधन गरेका थिए । उनीहरुले पाँचतारा साकोसले गरेको प्रगति र समुदायलाई पु¥याएको योगदानको खुले प्रशंशा गरेका थिए ।

संस्थाका अध्यक्ष भोलानाथ पाठकले आव २०७२/७३ को वार्षिक प्रतिवेदन सभामा पेश गरेका थिए । आ.व. २०७१÷७२ मा संस्थाको पूंँजी ३ करोड ९० लाख ९७ हजार रहेकोमा १ करोड ४८ हजार रुपैयाले बृद्धि भई आव २०७२/७३ मा ४ करोड ९१ लाख ४५ हजार पुगेको उनले सभामा जानकारी दिए । शेयर थपका लागि माग गर्ने सदस्य संख्या र नयाँ प्रवेश गर्न चाहने सर्वसाधारणहरु अत्याधिक रहेको संस्थाका अध्यक्ष पाठकले बताए । संस्थाको करिब ३ करोड रकम विभिन्न कोषहरुमा जगेडा रहेको छ । सदस्यता वृद्धिको चाप परेकोले संस्थको अधिकृत पूंँजीलाई ६ करोड पु¥याउन बिनियम संसोधन साधारणसभामार्फत पारित भएको छ । संस्थामा ११२७ महिला र १२८७ पुरुष गरी २४०७ सदस्य रहेका छन् । गत आवमा संस्थाले ४४ करोड बराबरको कारोबार गरेको छ । संस्थाले हरेक वर्ष शेयर पूँजी, बचत संकलन र कर्जा लगानीमा उल्लेख्य मात्रामा विस्तार गर्दै लगेको छ ।

संस्थाले स्थापनाकालदेखि सामान्य बचत खाता, पाँच तारा बचत खाता, अनिवार्य बचत खाता, ब्यवसायिक प्रर्बद्धनका लागि सदस्य सुबिधा खाता, बृद्धबृद्धाका लागि जेष्ठ नागरिक बचत खाता, बाल बचत प्रवर्धनका लागि खुत्रुके बचत खाता का साथै ६ महिना देखि ३ वर्ष सम्मका लागि आवधिक बचत खाताहरु सञ्चालन गर्दै आएको छ ।

संस्थाले ती बचत खाताहरुमा यथोचित व्याजदर प्रदान गर्दै आएको र संस्थाले सदस्यहरुको हितका लागि अत्यन्तै सरल, सजिलो र लचिलो कर्जा प्रक्रिया अपनाएको अध्यक्ष पाठकले बताए ।

आ.व. २०७२/७३ मा संस्थाले ५ करोड ९४ लाख ३१ हजार सञ्चालन मुनाफा गरेको, ह्रास खर्च र कर्मचारी बोनस समेत गरि ३ करोड ८८ लाख ५२ हजार खर्च भएको जानकारी उनले सभामा दिए । गत आवमा संस्थाले खुद मुनाफा आर्जन गरेको छ । संस्थाले ४१ लाख १५ हजार प्रत्यक्ष र अन्य गरी ५७ लाख ६० हजार कर राज्यलाई भुक्तानी गरेको छ । संस्थाले गत आवको मुनाफाबाट सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ ।

संस्थाले साधारणसभाकै अवसरमा आव २०७२÷७३ का उत्कृष्ट बचतकर्ता, ऋणी र बाल बचतकर्तालाई समेत सम्मान गरेको थियो । संस्थाले कृषि, पशुपालन, तरकारी खेती, व्युटी पार्लर, सिलाईबुनाई, किराना, फेन्सी, होटल व्यवसाय लगायतका क्षेत्रमा सरल र सहज ढंगले सदस्यहरुलाई ऋण लगानी गरी व्यवसायिक बनाउने कार्यमा सक्रियताका साथ लागि परेको अध्यक्ष पाठकको भनाई छ । बताउँछन् । काठमाण्डौको पूर्वी भेगमा अवस्थित यस सहकारीले छोटो समयमा नै उल्लेख्य प्रगति गर्न सफल भएको छ । संस्थाले आफ्नै सुविधासम्पन्न आधुनिक भवन निर्माण गरी आफ्ना सदस्यहरुलाई बचत तथा ऋणका साथै रेमिट्यान्स, पानी विजुली, एडिएसएल, डिसहोम लगायतका बिल भुक्तानीको व्यवस्था मिलाएको छ ।

प्रकाशित मितिः २०७३ भदौ ११ गते

अभिलेख

लोकप्रिय