मुसलमान समुदायको पहिलो सहकारी स्थापना
सुर्खेत, २० माघ । सुर्खेतको लाटीकोइलीमा मुसलमान समुदायको पहिलो सहकारी संस्था स्थापना भएको छ । स्थानीय नागरिकले वचत र ऋणको सुविधा लिन मिल्ने गरी मदिना वचत तथा ऋण सहकारी संस्थाको स्थापना गरिएको छ ।
सहकारी सञ्चालनका लागि मुसलमान समुदायले अकवर खानको अध्यक्षतामा नौ सदस्यीय तदर्थ सञ्चालक समितिसमेत गठन गरेका छन् । समितिको उपाध्यक्षमा हवि वक्स, सचिवमा सीमा वानु, सहसचिवमा रञ्जानु खातुन, कोषाध्यक्षमा नसिम वक्स तथा सदस्यहरूमा अहमद रज्जा, हाफिज खान, सकुर वक्स मियाँ, हनिफ वक्स मियाँ रहेका छन् ।
डिभिजन सहकारी कार्यालय सुर्खेतको नियमअनुसार १५ दिनभित्र सहकारी दर्ता गर्ने काम गरिने अध्यक्ष अकबर खानले बताउनुभयो । सहकारीको सेयर सदस्य हुनका लागि सुरुमा एकजनाले रु एक हजार रकम सङ्कलन गरेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार