सिवाईसी साकोस र बाटाकाचौर बहुउद्देश्यीय सहकारी बीच एकीकरण

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. वागलुङ र बाटाकाचौर बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङ बीच एकीकरण हुने भएको छ ।
बाटाकाचौर बहुउद्देश्यीय सहकारीको शनिबार बसेको सातौँ वार्षिक साधारण सभाले संस्थालाई सिवाईसी साकोसमा एकीकरण गर्ने निर्णय गरेको हो । एकीकरण पश्चात संयूक्त संस्थाको नाम सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. वागलुङ रहने छ ।
सिवाईसी साकोसका ३०७८ जना र बटाकाचौर वहुउद्देश्यीय सहकारी संस्थाका १५१ जना गरी हाल ३२२९ जना शेयर सदस्य वनाईएको छ । सहकारी एकीकरण पश्चात संस्थाको एकीकृत शेयर पुँजी १२ करोड ८६ लाख, बचत ३० करोड ६४ लाख, लगानीमा रहिरहेको ऋण ४५ करोड ८ लाख, कोष ३ करोड ४० लाख र कुल सम्पती ५३ करोड ५० लाख वरावरको हुने सिवाईसीका प्रवन्धक नवराज शर्माले जानकारी दिए ।
साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथी जिल्ला बचत तथा ऋण सहकारी संघ लि. वागलुङका अध्यक्ष एवं सिवाईसीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जिल्लामा आवश्यकता भन्दा वढि सहकारी संस्थाहरु दर्तामा रहेकाले कार्य तथा उद्देश्य मिल्ने सहकारी संस्थाहरु एकीकरणमा गई सहकारी अभियानलाई अझै शशक्त रुपमा अगाडि वढाउनुपर्ने कुरामा जोड दिए । पौडेलले सिवाईसीमा हालसम्म ५ वटा संस्थालाई सम्मानपूर्वक एकीकरण गरीसकीएको र बाटाकाचौर बहुद्देश्यीय सहकारी संस्थालाई पनि सोही अनुसार एकीकरण गर्ने र बाटाकाचौर मै संस्थाको सदस्य सेवाकेन्द्र स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरे ।
बाटाकाचौर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मनवहादुर कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा सल्यान गाविसको तर्फवाट शिक्षक प्रेमवहादुर खत्री, संस्थाका संस्थापक अध्यक्ष पूर्णवहादुर खनाल लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा मदनवहादुर कार्कीको संयोजकत्वमा १३ सदस्यीय सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति र ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । सोही अवसरमा सिवाईसी साकोसले वाटाकाचौर स्वास्थय चौकीलाई १० थान कुर्चि उपलव्ध गराउने अध्यक्ष पौडेलले बताए ।
कार्यक्रममा संस्थाको प्रगती सचिव भोजराज पौडेल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष लिलाधर शर्माले प्रस्तुत गरेका थिए भने स्वागत सदस्य पृथ्वी वहादुर पुनले गरेका थिए ।
प्रकाशित मिति : २०७३ साउन २३ गते
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
