२२ कात्तिक २०८३, आईतवार

सहकारी संस्था खारेजीमा

२०७३ साउन २२, शनिवार
सहकारी संस्था खारेजीमा

darta kharejधादिङ । जिल्लामा दुईवटा सहकारी संस्था खारेजीमा परेका छन् । डिभिजन सहकारी कार्यलय धादिङका अनुसार थाक्रे – २ मा रहेको महेशमती दुध उत्पादक सहकारी संस्था लि. र  मुलपानी – ९ मा रहेको रातामाटा कृषि सहकारी संस्था रहेका छन् ।

नियमानुसार काम नगरेको, निष्क्रिय रहेको, लेखा परीक्षण, साधारणसभा नगरेको मासिक प्रगति नबुझाएको संस्थालाई सहकारी ऐन २०४८ को दफा ४१ वमोजिम दर्ता खारेज गरिएको हो ।

दर्ता खारेजमा परेका संस्थासंग कसैको लिनुदिनु पर्ने भए ३ महिना भित्र स–प्रमाण कार्यलयमा दावी गर्न आउन र  म्याद नाघी परेको दाबी उपर कुनै कारबाही नहुने समेत कार्यलयले जनाएको छ ।

अभिलेख

लोकप्रिय