सहकारीकर्मी चीन प्रस्थान

काठमाडौं । राष्ट्रिय सहकारी संघका सञ्चालक हरिहरनाथ योगी तथा जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री प्रसाद लम्साल चीनको डालीमा हुने “सहकारी बित्तीय सेवा र ग्रामीण विकास” विषयक कार्यशाला गोष्ठीमा भाग लिन प्रस्थान गरेका छन् ।
चाइना कोपको आयोजनामा २६ देखि ३० जुलाईसम्म चीनको डालीमा हुन लागेको अन्तर्राष्ट्रिय सहकारी महासंघ/एसीएसएमसी कार्यशाला गोष्ठीमा सहभागी हुनका लागि प्रस्थान गरेका हुन् ।
गोष्ठीमा सहभागी हुन जानुभन्दा अगाडि संघमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई संक्षिप्त संबोधन गर्दै संघका अध्यक्ष केशव प्रसाद बडालले अन्तर्राष्ट्रिय गोष्ठीहरुमा सहभागी हुन जाँदा नेपाली नागरिकले राष्ट्रको प्रतिनिधित्व गर्ने हुँदा सोही अनुरुप प्रस्तुत हुन आग्रह गर्दै आईसिए-एपीको विविध पक्षमाथि प्रकाश पार्नु भएको थियो । साथै उनले आईसिए-एपीसंग संघको सम्बन्धका बारेमा प्रकाश पार्दै नेपालको सहकारी अभियानको भूमिका र अपेक्षलाई गोष्ठीमा उजागर गर्न आग्रह समेत गरे ।
संघका वरिष्ठ उपाध्यक्ष मीनराज कंडेल र राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष रमेश पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रकाशित मिति: २०७३ साउन ११ गते
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
