सिवाईसी साकोसको मुनाफा २ करोड २५ लाख

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि.(सिवाईसी साकोस) बागलुङले आर्थिक वर्ष ०७२/०७३ मा २ करोड २५ लाख ३० हजार रुपैंया मुनाफा आर्जन गरेको छ ।
धौलागीरी अञ्चलकै उत्कृष्ठ सहकारीको रुपमा आफुलाई स्थापीत गर्न सफल संस्थाले गत वर्ष १ करोड ५५ लाख नाफा आर्जन गरेकोमा यस वर्ष गत वर्ष भन्दा ४५ प्रतिशतले नाफामा बृद्धि गर्न सफल भएको हो । “हुनेखानेको पैसा हुँदा खानेमा पु¥याउने” महान लक्ष्य लिएर २०६६ चैत्र २६ गते डिभिजन सहकारी कार्यालय वागलुङमा दर्ता भई २०६७ आश्विन २२ गते घटास्थापनाको दिनमा ८० जनाले १/१ लाख शेयर संकलन गरी शुरु गरेको संस्था ६ वर्षको छोटो अवधिमा आफुलाई नेपालमै चिनाउन सफल भएको छ ।
संस्थाले आ.व. ०७२/०७३ मा ५ करोड ५४ लाख ३७ हजार कुल आम्दानी र ३ करोड २९ लाख ७ हजार कुल खर्च गरेको छ । सहकारीमा २९६१ जना शेयर सदस्य, २० जना पूर्णकालीन कर्मचारी, १२ करोड ७३ लाख २६ हजार शेयर पुँजी, ४४ करोड ७८ लाख ७५ हजार लगानीमा रहिरहेको ऋण, ३० करोड ५३ लाख बचत, ३ करोड ३९ लाख ४५ हजार कोष र ५२ करोड २६ लाख बरावरको सम्पती रहेको छ ।
संस्था गत आ.व. मा आन्तरीक राजस्व कार्यालय पोखरावाट उत्कृष्ठ करदाताको रुपमा सम्मानीत समेत भएको थियो । संस्थाले यस आ.व. मा आयकर सहित ५५ लाख राजस्व दाखीला गरिसकेको छ । संस्थाले बचत तथा ऋणका अलावा सामाजिक उत्तरदायीत्वका कार्यहरु जस्तैः शेयर सदस्य तथा निजका आफान्तहरुको मृत्यूमा अध्र्वदैहीक सुविधा, सुत्केरी पोषण सुविधा, छात्रवृति सुविधा, औषधि उपचार सुविधा, चौरासी पुजा सुविधा, सदस्य तथा सदस्यका आफान्त विरामी भै आपत विपत परेका बेलामा र संस्थाको अवलोकन भ्रमणमा आउनेहरुका लागि चौवीसै घण्टा सेवा प्रवाह गर्ने अभिप्रायले ३६५ दिन र रात्रीकालीन इमरजेन्सी कलिङ सेवा मार्फत सेवा दिदै आएको छ ।
बागलुङ बजारमा केन्द्रिय कार्यालय रहेको संस्थाका तित्याङ, विहुँ, हटिया, बुर्तिवाङ र कुश्मिसेरामा सदस्य सेवा केन्द्र स्थापना गरी स्थानीय स्तरवाट सेवा प्रवाह गरिरहेको छ । संस्थाले एवीवीएस सेवा मोवाईल वैङ्कीङ सेवा लगाएतका अत्याधुनीक सेवाहरुसमेत सञ्चालन गर्दै आइरहेको तथा नेपाल सरकारको सहकारी एकीकरण कार्यविधि २०७० अन्तर्गत जिल्लाका ४ वटा सहकारी संस्थाहरु समेत एकीकरण गरी एकिकृत कारोवार सुरुवात गरिरहेको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिए ।
प्रकाशित मिति २०७३ साउन ४ गते
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
