हातेमालो सहकारीको मुनाफा ८१ लाख
बारा । सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आ. व. २०७२/०७३ को खातावन्दीको क्रममा ८१ लाख रुपैया कारोवार बचत (मुनाफा) आर्जन गरेको छ ।
संस्थाले २,३०० सदस्यहरुवीच कारोवार गरिरहेको र हाल २१ करोडको कुल सम्पत्ति वा दायित्व सिर्जना गरेको छ । संस्थामा हाल करीव एक करोड बयासी लाख शेयर पूंजी, १५ करोड लाख बचत, सो¥ह करोड कर्जा लगानी रहेको छ ।
आजै अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा बसेको वैठकले सदस्यहरुलाई गरिने लगानीमा व्याज थप छुट गर्दै सेवालाई थप प्रभावकारी बनाउनेसमेत निर्णय गरेको छ ।
आठ वर्ष अघि २०६५ मा स्थापना भएको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई सरल कर्जा लगानी, बचत संकलन र उद्यम तथा व्यवसाय प्रवद्र्धनमा प्रभावकारी ढंगले काम गरिरहेको छ । संस्थाले सदस्यहरुको बचत तथा शेयर, आन्तरिक स्रोत परिचालनका संस्थाले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून), युवा तथा साना व्यवसायी स्वरोजगार कोष, राष्ट्रिय सहकारी बैंक र साना किसान विकास बैंकलगायत निकायहरुसंगको सहकार्यमा सहुलियत कर्जा र संस्थागत विकासका कामहरु गरिरहेको छ ।
सदस्यहरुलाई वित्तिय सेवा अलावा समुदायको आर्थिक विकास तथा सामाजिक न्यायको सन्दर्भमा प्रभावकारी ढंगले काम गरिरहेको छ । सामाजिक सेवा तथा रचनात्मक क्रियाकलापको क्षेत्रमासमेत संस्था क्रियाशिल रहेको छ ।
मध्यतराईमा उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रुपमा स्थापित हातेमालोले बचत तथा ऋण सहकारीहरुको राष्ट्रिय स्तरको मापदण्ड प्रोवेशन प्राप्तिको प्रयासमा छ भने वित्तिय व्यवसाय अलावा सामाजिक व्यवसायका अन्य स्वरुपहरुमा अघि बढने तयारी गरिरहेको छ ।
प्रकाशित मिति : २०७३ साउन २ गते अाइतबार
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
डब्लुएफओ सञ्चालक सदस्यमा खेम बहादुर पाठक निर्वाचित
२७ जेष्ठ २०८३, बुधबार
आकाश डिजिटलले ल्यायो सहकारीका लागि नेक्स्ट जेनेरेशन वेब पोर्टल, कम्बो प्याकेजमा ३०% छुट
२७ जेष्ठ २०८३, बुधबार
सहकारीमा नियामकीय एकरुपताका लागि नीतिगत तथा कानूनी स्पष्टता आवश्यक
२७ जेष्ठ २०८३, बुधबार