किन चयन हुन सकेन नेडाकमा नयाँ नेतृत्व ?

काठमाडौं । कृषि सहकारीहरुको विकास सञ्जाल(नेडाक) को साधारणसभाले नयाँ नेतृत्व चयन नगरी सम्पन्न भएकाे छ ।
नेडाकको विनियम स्पष्ट नभएको भन्दै आउँदो जनवरीमा मात्र नयाँ नेतृत्व चयन गर्ने गरी साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा ९ जनाले साधारणसभा नगर्ने , ८ जनाले साधारणसभा गर्ने र एक जना अनुपस्थिती भएका कारण साधारणसभाले नयाँ नेतृत्व चयन गर्न नसकेको हो ।
साधारणसभाको मुख्य आयोजक राष्ट्रिय सहकारी विकास बोर्डले साधारणसभा गर्नुपर्ने अडान लिएपनि नयाँ नेतृत्व चयन नगर्ने पक्षमा बहुमत देखिएपछि नयाँ नेतृत्व चयन हुन नसकेको हो ।
अहिले भारतले नेडाकको नेतृत्व गर्दै आएको छ । ६ महिनापछि हुने नयाँ साधारणसभामार्फत नेपालले अध्यक्षता गर्न सक्ने संभावना त्यति बलियो नभए पनि को चियर हुने संभावना रहेको छ ।
साधारणसभामा विभिन्न ८ वटा देशका २० वटा राष्ट्रिय तथा केन्द्रीय निकायहरु संलग्न छन् । नेडाकमा नेपालबाट ४, भारतबाट ७, थाईल्याण्ड र फिलिपिन्स र बंगलादेशबाट दुईदुई, इरान, श्रीलंका, चिनबाट एकएक वटा निकायले प्रतिनिधित्व गर्छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
