२२ कात्तिक २०८३, आईतवार

सूचना तथा सञ्चार केन्द्रीय संघमा पुन: ढकाल

२०७३ असार २६, आईतवार
सूचना तथा सञ्चार केन्द्रीय संघमा पुन: ढकाल

suchana

काठमाडौं । नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघको अध्यक्षमा पुन विष्णुहरि ढकाल निर्वाचित भएका छन् । संघको तेस्रो र चौथो बार्षिक साधारणसभाले ढकालको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

नव निर्वाचित उपाध्यक्षमा मन केसी, महासचिवमा लोक प्रसाद बञ्जरा र कोषाध्यक्षमा लेखनाथ ढकाल रहेका छन् । त्यस्तै सञ्चालक सदस्यहरुमा दिपक कोइराला, नारायण पाण्डे, सुशिला केसी, विरबहादुर चोखाल, टीका जंग थापा, राजेन्द्र श्रेष्ठ, सौजन्यप्रसाद सत्याल, कुमार पाण्डे र भेषराज पाण्डे रहेका छन् ।

त्यसैगरी लेखा समितिको संयोजकमा राजकुमार पाण्डे रहेका छन् भने सदस्यहरुमा सागर सुब्बा र सखमबहादुर कार्की रहेका छन् ।

प्रकाशित मिति २०७३ असार २६ गते

अभिलेख

लोकप्रिय