२२ कात्तिक २०८३, आईतवार

सहकारी ऐनको धज्जी उडाउँदै केन्द्रीय संघ, सहकारी विभाग मौन

२०७३ असार २५, शनिवार
सहकारी ऐनको धज्जी उडाउँदै केन्द्रीय संघ, सहकारी विभाग मौन

mauri

काठमाडौं । प्रारम्भिक सहकारी संस्थालाई नियम कानुन सिकाउने अभिभावक केन्द्रीय संघहरु आफैले सहकारीका ऐन नियमको धज्जी उडाएका छन् । आर्थिक वर्ष सकिनै लाग्दा केही केन्द्रीय संघहरु धमाधम साधारणसभा गर्न लागिरहेका छन् ।

नेपाल मौरीपालन केन्द्रीय सहकारी संघले शुक्रबार मात्र साधारणसभा गर्र्यो भने शनिबार सुचना तथा संचार र स्वास्थ्य सहकारी केन्द्रीय संघले साधारणसभा गरिरहेका छन् । शुक्रबार सहकारी प्रशिक्षण केन्द्रमा भएको मौरीपालन संघको छैटौं साधारणसभामा सहभागी अतिथिहरुले ढिलो साधारणसभा गराएको भन्दै आलोचना गरेका थिए । सोही कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार केशब रेग्मीलाई अतिथिको रुपमा बोलाइएपनि समयमै साधारणसभामा नगराएको भन्दै सहभागी भएनन् । त्यस्तै स्वास्थ्य केन्द्रीय संघका अध्यक्ष राजेन्द्र प्रसाद पाण्डे सहकारीका विभिन्न कार्यक्रममा ऐन नियमका कुरा सिकाउँदै हिड्ने गरेका छन् । तर उनैले नेतृत्व गरेको केन्द्रीय संघले भने सहकारी ऐन नियमको खिल्ली उडाएको छ ।

सहकारी ऐन २०४८ र मापदण्ड २०६८ मा आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गरिसक्नु पर्ने प्रावधान रहेको छ । तर ऐनलाई वेवास्ता गर्दै केही केन्द्रीय संघहरु साधारणसभा गरेका छन् । केन्द्रीय संघले सदस्य संस्थालाई समयमै साधारणसभा गराउन निर्देशन नियामक निकाय सहकारी विभागले पनि कुनै निर्देशन दिन सकेको छैन ।

विभागले सहकारीका संघहरुलाई दिने अनुदान रकम भने साधारणसभा गर्ने संघहरुलाई मात्र दिएको छ । विभागकै अनुदान नपाएपछि संघहरु हतारहतार साधारणसभामा जुटेका हुन् ।

प्रकाशित मिति: २०७३ असार २५ गते शनिबार

अभिलेख

लोकप्रिय