२२ कात्तिक २०८३, आईतवार

हातेमालो सहकारीद्वारा स्वरोजगार अभिमुखीकरण तथा कर्जा वितरण

२०७३ असार २१, मङ्गलबार
हातेमालो सहकारीद्वारा स्वरोजगार अभिमुखीकरण तथा कर्जा वितरण

hatemalo

सिमरा । हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमराले आज एक कार्यक्रमबीच १४ जना युवा उद्यमीहरुलाई स्वरोजगार कर्जा वितरण गरेको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालय काठमाडौंबाट स्वीकृत ७५ लाख रुपैयामध्ये पहिलो किस्ता प्राप्त २२ लाख पचास हजार रुपैया वितरण गरेको हो ।

स्वरोजगार कर्जा वितरण गर्दै सिमरा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज पौडेलले राज्यले स्वरोजगारीका लागि प्रदान गरेको सहुलियत कर्जालाई सदुपयोग गरेर सफल उद्यमी बन्न आग्रह गरे । पौडेलले साना उद्यम र व्यवसायबाट ठुला व्यवसायी बन्न सकिने भएको उदाहरण बन्न सकिने बताए ।

कार्यक्रममा बोल्दै हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण पौडेलले समुदायमा आधारित सदस्यकेन्द्रीत भई सदस्य र समुदायको अधिकतम हितमा हातेमालोले काम गरिरहेको बताए ।

अभिलेख

लोकप्रिय