२२ कात्तिक २०८३, आईतवार

सहकारी दिवसमा उपासना महिलाको जनचेतनामुलक कार्यक्रम

२०७३ असार १७, शुक्रबार
सहकारी दिवसमा उपासना महिलाको जनचेतनामुलक कार्यक्रम

upasana2

upasanaकाठमाडौं । ९४ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सितापाईला स्थित उपासना महिला बचत तथा ऋण सहकारी संस्थाले एक दिवसीय जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

शुभेक्षा इन्टरनेशनल अस्पतालको सहयोगमा उपासना सहकारीले महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी एक दिवसीय जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा शुभेक्षा अस्पतालका डा. निमा बज्राचार्यले सहभागीहरुलाई मरामर्श दिईन । कार्यक्रममा उपासनाका सहकारीका संचालक र सदस्य गरी ४२ जनाको सहभागिता रहेको थियो ।

सदस्यहरुलाई आफ्नो स्वास्थ्य प्रति सचेत गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अस्थाकी अध्यक्ष अमरावती महर्जनले बताईन । रोग लाग्नु भन्दा रोग लाग्ननै नदिन के कस्ता हेरचाह गर्ने भन्ने बारेमा जानकारी गराईएकाे महर्जनले बताईन ।

upasana3
 

अभिलेख

लोकप्रिय