२२ कात्तिक २०८३, आईतवार

अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन बागलुङकाे यस्तो छ तयारी

२०७३ असार १५, बुधबार
अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन बागलुङकाे यस्तो छ तयारी

International-Day-of-Cooperatives-2016बागलुङ । अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर नेपालका सम्पूर्ण सहकारीकर्मीहरुले मानव साङ्लो प्रदर्शन गर्ने भएका छन् । राष्ट्रिय सहकारी संघको आव्हानमा देशभरका सहकारी संघ संस्थामा आवद्ध सहकारीकर्मीहरुले असार १८ गते शनिवार बिहान ७ देखि ९ बजेसम्म मानव सांङ्लो प्रदर्शन गर्न लागेका हुन ।

अन्तर्राष्ट्रिय सहकारी महासंघ र संयुक्त राष्ट्र संघको आव्हानमा प्रत्येक वर्षको जुलाई पहिलो शनिवार मनाइने अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा यस पटक सहकारीको बारेमा राज्य सञ्चालक, राजनीतिक दलदेखि आम जनताको ध्यानाकर्षण गर्नका लागि मानव साङ्लो प्रदर्शन गर्न लागिएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरिने मानव साङ्लो प्रदर्शन कार्यक्रममा सक्रिय सहभागिता जनाउनका लागि जिल्ला सहकारी संघ बागलुङले जिल्लामा क्रियाशिल सम्पूर्ण सहकारी संघ संस्थामा आवद्ध सहकारीकर्मीहरुलाई आव्हान गरेको छ ।
संघका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा मंगलवार बसेको बैठकले जिल्लामा रहेका सबै विषयगत सहकारी संघहरु र सम्पूर्ण प्रारम्भिक सहकारी संस्थाहरुलाई मानव साङ्लो प्रदर्शन कार्यक्रममा सञ्चालक, शेयर सदस्य र कर्मचारीलाई सहभागी गराउन आव्हान गरेको संघका सञ्चालक अञ्जु जिसीले जानकारी दिईन । शनिवार विहान ७ बजे समिक्षालय चोकबाट शुरु हुने मानव साङ्लो प्रदर्शन ९ बजेसम्म रहने जनाइएको छ ।

सहकारी समाजवादी शासन व्यवस्थाको जग हो, विश्वका धेरै देशले सहकारी मार्फत दिगो आर्थिक विकास गरी समृद्ध र स्वधिन बनेको यथार्थलाई सबैलाई बुझाउनका लागि दिवस सहयोगी बन्ने अपेक्षा लिएको जिल्ला सहकारी संघ बागलुङका सचिव युक्तप्रसाद कंडेलले बताए ।
‘सहकारी : दिगो विकासको कार्य शक्ति’ भन्ने नाराका साथ मनाउन लागिएको ९४ औं अन्नराष्ट्रिय सहकारी दिवसमार्फत मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा सहकारीको महत्वपूर्ण भूमिका रहेको सन्देश दिन खोजिएको राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले जानकारी दिए ।

सहकारी दर्शन, मूल्य मान्यता, सिद्धान्तको पूर्ण पालनाको कार्ययोजना सहित चरम गरिवी र असमानताको अन्त्य, जलवायु परिवर्तनबाट भएको असर न्यूनिकरणमा योगदान गर्ने लक्ष्यका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै यो दिवस मनाउन लागिएको छ ।

यसैबीच सहकारीमा आवद्ध महिलाहरुको नेतृत्व विकास गर्ने उदेश्यका साथ राष्ट्रिय सहकारी संघले असार २२ गते काठमाडौंमा आयोजना गरेको सहकारीमा लैंगिक समानता सम्बन्धी गोष्ठीका लागि जिल्ला सहकारी संघले सञ्चालक अञ्जु जिसीलाई प्रतिनिधि चयन गरेको छ ।
गोष्ठीमा राष्ट्रिय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक लगायत केन्द्रीय सहकारी संघहरु र जिल्लास्थित विभिन्न सहकारी संघका एक एक जना सञ्चालकहरुको सहभागिता रहने संघले जनाएको छ ।

अभिलेख

लोकप्रिय