२२ कात्तिक २०८३, आईतवार

अन्तराष्ट्रिय सहकारी दिवसमा वृहत मानवसाङलो आयोजना गर्ने

२०७३ असार १५, बुधबार
अन्तराष्ट्रिय सहकारी दिवसमा वृहत मानवसाङलो आयोजना गर्ने

international day of cooperativeबारा । अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा असार १८ गते वृहत मानवसाङ्लो प्रदर्शनमा बाराली सहकारीकर्मीहरु पनि सहभागी हुने भएका छन् ।

मेचीमहाकाली मानवसाङलो प्रदर्शनको क्रममा जिल्लाका विभिन्न विषयगत संघहरुको आयोजनामा बाराको कलैया, निजगढ र पथलैयामा हुने कार्यक्रममा सहभागी हुने बारा जिल्ला बचत तथा ऋण सहकारी संघले निर्णय गरेको छ ।

जुलाई महिनाको पहिलो शनिवार अन्तरराष्ट्रिय सहकारी दिवस यस वर्ष जुलाई २ अर्थात असार १८ गते आयोजना हुने भएको छ । अन्तरराष्ट्रिय सहकारी महासंघको आह्वानमा विश्वभर “सहकारिताः दिगो भविष्य निर्माणका लागि शक्ति” मूलनाराका साथ विश्वभर मानवसाङलो र विभिन्न रचनात्मक क्रियाकलाप आयोजना गर्ने निर्णय नेपालले पनि कार्यान्वयन गरिरहेको नेफ्स्कून सञ्चालक कृष्ण पौडेलले बताए । वैठकले बिहान ७ बजेदेखि ९ बजेसम्म सम्पूर्ण बचत तथा ऋण लगायत सबै सहकारी सहकारी संस्था र सहकारीकर्मीहरुलाई आफनो पहिचानसहित उपस्थित हुन आह्वान गरेको हो ।

अभिलेख

लोकप्रिय