२२ कात्तिक २०८३, आईतवार

‘कारोबार संरक्षण गर्नु सहकारीको दायित्व’

२०७३ असार १३, सोमबार
‘कारोबार संरक्षण गर्नु सहकारीको दायित्व’

Lekha
बागलुङ । कोष तथा लेखा नियन्त्रण कार्यालय वागलुङका प्रमुख राम्जी शर्माले संस्थामा वित्तीय अनुशासन कायम गरी सदस्यको कारोबारको संरक्षण गर्नु सहकारी संस्थाको दायित्व भएको बताएका छन् ।

डिभिजन सहकारी कार्यालय वागलुङको आयोजना र बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. वागलुङको संयोजनमा “सहकारी लेखा व्यवस्थापनमा सुधार– आर्थिक अनुशासन नै मुल आधार” भन्ने मुल नारका साथ सञ्चालीत सहभागितात्मक सहकारी लेखापालन तालिम कार्यक्रमको उद्घाटन गर्दै शर्माले उक्त कुरा बताएका हुन् । शर्माले सहकारी संस्थाका सदस्यहरु न्यून आय र कमजोर आर्थिक अवस्थाका हुने भएकाले सदस्यवाट संकलीत रकमवाट हुने व्यवसाय तथा खर्चहरु पुर्ण मितव्ययी र पारदर्शी हुनुपर्ने करामा समेत जोड दिए ।

डिभिजन सहकारी कार्यालय वागलुङका सहकारी अधिकृत विष्णुप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. वागलुङका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले गरेका थिए भने सञ्चालन सहकारी निरीक्षक श्रीराम पौडेलले गरेका थिए ।

६ दिनसम्म चल्ने तालिममा बागलुङ र म्याग्दीका २५ वटा सहकारी संस्थाका ३० जना कर्मचारीहरुको सहभागिता रहेको छ । तालिमको सहजिकरण सहकारी निरीक्षक होमनाथ ढकाल, श्रीराम पौडेल र बागलुङ बचत तथा ऋण सहकारी संघ लि. वागलुङका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले गर्ने डिभिजन सहकारी कार्यालय वागलुङले जनाएको छ ।

प्रकाशित मिति: २०७३ असार १३ गते सोमबार

अभिलेख

लोकप्रिय