२२ कात्तिक २०८३, आईतवार

विकू बचतको सेवा २४ सै घण्टा खुल्ला !

२०७३ असार १३, सोमबार
विकू बचतको सेवा २४ सै घण्टा खुल्ला !

Mobile bankingनवलपरासी । गैडाकोटमा केन्द्रिय कार्यालय रहेको विकू बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुका लागि आधुनिक र प्रतिस्प्रर्धी सेवा दिने क्रममा थप नयाँ सेवाको सुरुवात गरेको छ । संस्थाले जनाए अनुसार अब विकूका सदस्यहरुले २४ सै घण्टा खातामा रकम जम्मा गरिदिन तथा निकाल्न सक्ने भएका छन् ।

विकूले केही महिना अघिदेखि संचालनमा ल्याएको ‘विकू स्मार्ट बैकिङ्ग’ मोबाइल एप्सकोे फण्ड ट्रान्सफर सेवा मार्फत यो गर्न सकिन भएको हो । यसका साथै मोबाइल रिर्चाज, टेलिफोन तथा एडिएसएल बिल भ’क्तानी, नगद मौज्दातको जानकारी, मिनि स्टेटमेण्ट, लगाएतका सुविधाहरु पनि अब २४ घण्टा नै उपलब्ध हुने छन् । ‘गुगल प्ले स्टोर’बाट सजिलै डाउनलोड गर्न सकिने यो एप्स सचालन गर्न सजिलो तथा सुरक्षित रहेको साथै नेपाली र अंग्रेजी दुबै भाषामा संचालन गर्न सकिने विकूले जनाएको छ । ३६५ दिन नै बैकिङ्ग सेवा दिई रहेको विकू अब ‘विकू स्मार्ट बैकिङ्ग’ मोबाइल एप्स मार्फत अब चौबिसै घण्टा पनि खुल्ला रहने संस्थाका अधिकृत राम प्रसाद भूसालले जानकारी दिए ।

२०४८ सालमा स्थापना भएको विकू बचतको हाल २४ हजार सदस्य, ८ वटा सेवाकेन्द्र र कुल पूँजी २ अर्ब रहेको छ ।

प्रकाशित मिति: २०७३ असार १३ गते सोमबार

अभिलेख

लोकप्रिय