प्रोवेशनको मध्यतराई क्लष्टरको तेस्रो समिक्षा बैठक सिन्धुलीमा

सिन्धुली । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को राष्ट्रिय मापदण्ड प्रोवेशनको मध्यतराई क्लष्टरको तेस्रो समिक्षा बैठक सिन्धुलीमा सम्पन्न भएको छ ।
सिन्धुली जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बालकुमारी श्रेष्ठको अध्यक्ष्ँता मिलिजुली सहकारीका सचिव दिपनारायण श्रेष्ठको सहजीकरणमा सम्पन्न कार्यक्रममा नेफ्स्कूनका संचलक कृष्ण पौडेल, जिल्ला सहकारी संघका अध्यक्ष कृष्णराज केसी, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष शान्ता मैनालीलगायतले आफ्नो धारणा राखेका थिए ।
समिक्षा वैठकमा सिन्धुलीको मिलिजुली सहकारी, बाराका हातेमालो र सगरमाथा, रौतहटका नवविकास र संकल्प, मकवानपुरका महिला एकता, महिला मिलन, महिला अभियान, महिला जागरण र महिला जनचेतना सहकारीका प्रतिनिधिहरु सामेल थिए । कार्यक्रमको आयोजना मिलिजुली साकोस सिन्धुलीले गरेको हो ।
मुलुकभरका ८२ संस्थाहरु प्रोबेशन ब्राण्ड प्राप्तिको प्रक्रियामा रहेको छन् । यसले संस्थागत सुशासन र वित्तिय अवस्थाको अध्ययन गर्दछ । डेढ वर्षको अवधिमा नियमित सुपरिवेक्षण र अन्तिम लेखापरीक्षणपछि यो ब्राण्ड प्रदान गरिन्छ ।
प्रकाशित मिति: २०७३ असार ११ गते शनिबार
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
