९ वैशाख २०८३, बुधबार

सहकारी किनबेच गर्नेलाई कारबाही गर्ने कानुन छैन !

२०७० माघ १५, बुधबार
सहकारी किनबेच गर्नेलाई कारबाही गर्ने कानुन छैन  !

काठमाडौं, १५ माघ । सहकारी सिद्धान्त अनुसार एक पटक दर्ता भएको सहकारी सस्था फेरी किनबेच गर्न पाईदैन् । गत जेठदेखि सहरी क्षेत्रमा नयाँ सहकारी दर्ता बन्द गरेपछि अहिले पुराना सहकारी संस्था मोल मलाई गरेर किचबेच हुन थालेका छन् । तर किनबेच गर्नेलाई कस्तो कारबाही गर्ने भन्ने कानुनी व्यवस्था नहुदा किनबेचमा सङ्लग्नहरुले सजिलै उनुमुक्ती पाएका छन् । धेरै सहकारी खोल्ने भन्दा पनि भएका सहकारीलाई अनुशासित बनाउने तर्फ विभाग  अग्रसर भए पनि खारेजी भएका सहकारीको अवस्था पहिचान गर्न नियामक निकायले गरेको वेवस्ताका कारण सहकारी किनबेच बढ्दै गएको छ ।
सहकारी बिभागका रजिष्टार केदार न्यौपाने भन्छन  , पहिला कानुन बनाउन सहकारी यसरी खरिद बिक्री हुन्छ भन्ने कुरा नै सोचिएन् । त्यसैले अब यस्तो गलत काम गर्नेलाई के गर्ने भन्ने बिषयमा नयाँ कानुन पनि बनाउँदै छौ । तर यो त्यति ठुलो कुरा होइन । हामी सानो परिपत्र अवथा एउटा निर्णयबाट नै यो गर्न सक्छौ ।  यसरी खरिद बिक्री गर्ने सहकारी खारेज गर्नेदेखि लिएर सञ्चालकलाई अरु कारबाही पनि हुन्छ । तर उनले कस्तो कारबाही गर्न सकिन्छ भन्ने बिषायलाई कानुन बनाउन आफुले छलफल थालेको बताए  ।

अभिलेख

लोकप्रिय