२२ कात्तिक २०८३, आईतवार

सहकारी बारे विद्वानहरुको भनाइ

२०७३ असार २, बिहिबार
सहकारी बारे विद्वानहरुको भनाइ

संयुक्त व्यवसाय वा कारोवारद्वारा पारस्परिक लाभ र उपलब्धि हासिल गर्नको लागि व्यक्तिहरुले स्वेच्छिकरुपमा दिने सहयोग नै सहकारिता हो ।
–डा. ई. एम. हाफ

एउटा सहकारी समिति त्यस्तो उद्योग हो जो उपभोक्ताको सभाद्वारा निर्माण र निर्देशन गरिन्छ । जसले प्रजातन्त्रको नियम पालना गर्छ र जसको उद्देश्य आफ्ना सदस्य र सम्पूर्ण समाजको प्रत्यक्ष सेवा गर्नु हो ।
–प्रो. पौल लेमवर्ट

सहकारी एउटा यस्तो संगठन हो जहॉ व्यक्तिले आफ्नो आर्थिक हितलाई अघि बढाउन समानताको आधारमा मानवीय तरीकाले स्वेच्छाले एक अर्कालाई सहयोग पु¥याउ‘छन् ।
–केल्वर्ट

सहकारिता संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणयुक्त व्यवसायमार्फत साझा आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता र आकांक्षाहरुको परिपूर्ति गर्न स्वेच्छाले संगठित भएका व्यक्तिहरुको स्वायत्त संगठन हो ।
–आई.सि.ए. १९९५

अभिलेख

लोकप्रिय