सूचना तथा सञ्चार सहकारी संघको साधारणसभा
बागलुङ । सूचना तथा सञ्चार सहकारी संघ लिमिटेड बागलुङको प्रथम वार्षिक साधारणसभा आइतवार बागलुङमा सम्पन्न भएको छ ।
साधारणसभामा बोल्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सञ्चारमाध्यमहरुको संस्थागत विकासका लागि सञ्चार सहकारीहरुको भूमिका महत्वपूर्ण रहेको बताए । मोफसलमा सञ्चारमाध्यम सञ्चालन गर्न निकै कठिन भएको अवस्थामा सञ्चार सहकारी मार्फत सञ्चारमाध्यम सञ्चालन हुन थालेपछि सञ्चारमाध्यम दिगो बन्दै गएको उनको भनाइ थियो ।
कार्यक्रममा बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष अञ्जु जिसी, सूचना तथा सञ्चार सहकारी संघका लेखा संयोजक राजबहादुर थापा लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम सूचना तथा सञ्चार सहकारी संघ बागलुङका अध्यक्ष मनकुमारी केसीको अध्यक्षता, उपाध्यक्ष विष्णुप्रसाद भुषालको स्वागत र सचिव नरेश कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
साधारणसभाले प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन पारित गर्नुका साथै सहकारी मार्फत सञ्चार क्षेत्रको दिगोपना र समाज रुपान्तरणका लागि आर्थिक सामाजिक गतिविधिमा क्रियाशिल रहने कार्ययोजना पारित गरेको कोषाध्यक्ष खिमबहादुर कार्कीले जानकारी दिउ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
