हातेमालो सहकारीमा ऋद्धिसिद्धी
सिमरा । बाराको सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था र कलैयाको ऋद्धिसिद्धी सहकारीवीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हातेमालो साकोसको स्थलगत अवलोकनका लागि आएको ऋद्धिसिद्धी साकोसका टोलीसंग हातेमालोले अन्तरक्रियात्मक छलफल गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै हातेमालोका अध्यक्ष कृष्ण पौडेलले नमूना सहकारीहरुको स्थलगत अवलोकन र अन्तरक्रियाले अभियानको सुद्धीकरण र गुणात्मक विकासमा टेवा पुग्ने बताए । पौडेलले हातेमालोले आठ वर्षको अवधिमा हासिल गरेको उपलव्धिको चर्चा गर्दै आफुहरुले जिल्लाभर यस्तै सहकारी र सेवाको परिकल्पना गरेको बताए ।
कार्यक्रममा बोल्दै ऋद्धिसिद्धी सहकारीका अध्यक्ष उमेशचन्द्र यादवले हातेमालोले छोटो अवधिमा गरेको प्रगतिबाट आफुहरु प्रभावित भएको बताउदै यसको कार्यप्रक्रियालाई अनुशरण गर्ने बताए ।
टोलीलाई अध्यक्ष कृष्ण पौडेलले संस्थाको तर्फबाट मायाको चिनो तथा उपहार प्रदान गरेका थिए । केही समययता जिल्ला मुलुकका विभिन्न भूभागबाट हातेमालो सहकारीको स्थलगत अवलोकन गर्न आउने सहकारीहरुको संख्या बढिरहेको छ । ८ वर्षअघि स्थापित हातेमालोले २१०० सदस्यहरुवीच करीव २१ करोडको कारोवार गरिरहेको छ । सदस्यहरुको सम्पूर्ण वित्तिय समाधान र सामाजिक विकासको पहिलो छनोटको परिकल्पनाका साथ हातेमालो समुदायवीच क्रियाशिल रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
