काठमाडौं बारमा चुनावी चटारो : लोकतन्त्रवादीबीच मुख्य प्रतिस्पर्धा
काठमाडौं । काठमाडौ जिल्ला अदालत बार एसोसिएसनलाई चुनावी चटारोले छोपेको छ । आगामी जेठ २९ गते शनिबार हुन गइरहेको निर्वाचनका लागि तीनवटा प्यानल मैदानमा उत्रिएका छन् । कानुन व्यवसायीहरु काठमाडौ बार नेतृत्वमा आ–आफ्ना पक्षका उम्मेदवारलाई जिताउने कसरतमा लागेका छन् ।
करिब २ हजार ४ सय ४४ मतदाता रहेको काठमाडौ बार चुनावमा नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन (डि.एल.ए नेपाल) काठमाडौबाट अधिवक्ता लक्ष्मण थपलियाको नेतृत्वको समुहले आफ्नो प्यानल घोषणा गरेर चुनावी मैदानमा उत्रिएको छ । २०६९ जेठ ६ गतेको निर्वाचनद्धारा कृष्णप्रसाद पनेरुको अध्यक्षतामा गठित काठमाडौ डि.एल.ए.को कार्यसमितिले काठमाडौ जिल्ला अदालत बार एसोसिएसनको कार्यसमितिको निर्वाचनको लागि उम्मेदवार छनोट समिति गठन गरेको थियो । सो समितिले सिफारिस गरेको डि.एल.ए.का आधिकारिक उम्मेदवार थपलिया प्यानल भएको दाबी गरिएको छ ।
काठमाडौं जिल्लामा विगतदेखि नै लोकतन्त्रवादीबीच मुख्य प्रतिस्पर्धा हुँदै आएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा कानुन व्यवसायीमा चुनावी माहौल दिनदिनै बढ्दै गएको छ । चुनावी प्रतिस्पर्धाका लागि अधिवतmा लक्ष्मण थपलियाको प्यानल र अधिवक्ता तेजबहादुर रावल दुवैले छुट्टा छुट्टै प्यानल सार्वजनिक गरिसकेका छन् ।
को-को भिड्दै छन ?

लोकतन्त्रवादीहरु बीच हुने चुनावी प्रतिस्पर्धामा तीन समुह देखिए पनि अधिवतmा लक्ष्मण थपलियाको प्यानल र अधिवक्ता तेजबहादुर रावल बिच भिडन्त हुने देखिएको छ । विगत २३ बर्ष देखि कानुन व्यवसायीको रुपमा काम गर्दै आएका थपलिया काठमाडौ बारको सदस्य र सचिवको जिम्मेवारी समेत पुरा गरिसकेका छन् । कानुन व्यवसायी माझ लोकप्रिय मानिन्छन थपलिया । थपलिया प्रतिद्धन्दी उम्मेदवार रावल र रमेश राज सिग्देल भन्दा निकै अगाडी रहेको कानुन व्यवसायिहरुको भनाई छ ।
अधिवक्ता थपलियाको नेतृत्वमा पदाधिकारी तर्फ उपाध्यक्ष अधिवक्ता मदन रेग्मी , सचिव अधिवक्ता छविरमण निरौला, सहसचिव अधिवक्ता रञ्जिता कार्की र कोषाध्यक्ष अधिवक्ता जगन्नाथ श्रेष्ठ रहेका छन् । यस्तै महिला दुई सदस्य तर्फ क्रमश अधिवक्ता प्रमिला कायस्थ र अधिवक्ता हिरामाया अवाल छन् । त्यस्तै सदस्यहरुमा खुल्ला तर्फ अधिवक्ता हरिहर शिलवाल, अधिवक्ता रामचन्द्र ओझा, अधिवक्ता धुव्रराज शर्मा , अधिवक्ता गोकुल भण्डारी, अधिवक्ता पुष्पराज पाण्डेय, अधिवक्ता अमर बहादुर बस्नेत, अधिवक्ता गंगा प्रसाई, अधिवक्ता दिव्यराज घिमिरे, अधिवक्ता जयराम श्रेष्ठ, अधिवक्ता माधव दुलाल, अधिवक्ता कुन्दन कुमार झा र अधिवक्ता गंगाराम खनाल रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
