२२ कात्तिक २०८३, आईतवार

सहकारीको विकास र सुदृढीकरणका लागि एकीकरण अनिवार्य

२०७३ जेठ २५, मङ्गलबार
सहकारीको विकास र सुदृढीकरणका लागि एकीकरण अनिवार्य

baraवीरगञ्ज । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष ऋषिराज घिमिरेले नेपालको वित्तिय सहकारीहरुको विकास र सुदृढीकरणका लागि एकीकरण अभियान अनिवार्य रहेको बताएका छन् ।

नेफ्स्कून फिल्डकार्यालय हरिवनको आयोजना र बचत तथा ऋण सहकारी संघ पर्साको संयोजनमा सहकारी एककरुपता र एकीकरणसम्वन्धी एकदिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् । सहकारी विकास जागरणको चरणबाट गुणात्मक विकासको चरणमा प्रवेश गरेकोले सहकारीहरुवीच नीति र सञ्चालन पद्धतिलाई एउटै स्वरुपमा अघि बढाउने र व्याजदरलाई पनि एउटै दरमा ल्याउने प्रयास भइरहेको बताए । सहकारी एकीकरणसम्वन्धी कार्यपत्र प्रस्तुत गर्दै घिमिरेले वित्तिय सहकारीहरुलाई जोखिम र विकृतिबाट मुक्त बनाउन सहकारीहरु एकीकृत र सुशासित रुपमा अघि बढन आग्रह गरे ।
कार्यक्रमको उद्धेश्यवारे स्पष्ट पार्दै नेफ्स्कून सञ्चालक कृष्ण पौडेलले नेफ्स्कूनले सहकारीहरुवीच एकरुपता र एकीकरण प्रक्रियालाई सशक्त अभियानको रुपमा अघि बढाइरहेकोले पर्सेली सहकारीहरु पनि यो प्रक्रियामा सामेल हुनुपर्ने बताए । वीरगञ्ज राजनीतिक एवम् आर्थिक हिसावले मुलुकको महत्वपूर्ण नगरी भएपनि सुशासित सहकारी अभियान उठन नसकेकोले त्यसका लागि सबै सहकारी संघसंस्थाहरु क्रियाशिल हुनुपर्ने पौडेलको धारणा थियो ।

अभिलेख

लोकप्रिय