२२ कात्तिक २०८३, आईतवार

क्रिशाको सह-आयोजनामा “सहभागितात्मक सहकारी लेखा”तालिम सम्पन्न

२०७३ जेठ २०, बिहिबार
क्रिशाको सह-आयोजनामा “सहभागितात्मक सहकारी लेखा”तालिम सम्पन्न

krisa sahakariकाठमाडौं । डिभिजन सहकारी कार्यालय, काठमाडौं र काठमाडौं महानगर पालिका वडा नं.६ स्थित क्रिशा बचत तथा ऋण सहकारी संस्था लि. को संयुक्त आयोजनामा संस्थाकै कार्यालयमा ६ दिने सहभागितात्मक सहकारी लेखा तालीम सम्पन्न भएको छ ।

जेष्ठ १० गते देखि १५ गते सम्म संचालित सो कार्यक्रममा विभिन्न सहकारीका २८ जना प्रतिनिधिहरुको सक्रिय सहभागीता रहेको थियो । सहभागीहरुलाई डिभिजन सहकारी कार्यालयका निमित्त प्रमुख प्रभुनाथ राई र लेखनाथ खतिवडाले प्रशिक्षण दिएका थिए ।

तालिम समापनका अबसरमा सहभागीहरुलाई प्रमाण पत्र बितरण गर्दै डिभिजन सहकारी कार्यालयका निमित्त प्रमुखश्री प्रभुनाथ राईले कार्यक्रमको सहआयोजना गरेकामा संस्थालाई धन्यबाद दिदै आगामी दिनमा पनि संस्था संग सहकार्यगरी यस्ता कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता ब्यक्त गरे ।

अभिलेख

लोकप्रिय