भक्तपुरका सहकारीकर्मीलाई तीन दिवसिय कर्जा व्यवस्थापन तालिम
भक्तपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको शाखा कार्यालय ठिमीको आयोजनामा २ देखि ४ गते सम्म ३ दिन सम्म संचालन हुनेगरि कर्जा व्यवस्थापन तालिम भक्तपुरमा शुरु भएको छ ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडमा आवद्ध भक्तपुर क्षेत्रमा रहेका सबै प्रकृतिका सहकारी संघ संस्थाहरुलाई कर्जाको महत्व, कर्जाको उपयोगिता, कर्जामा निहित जोखिम, कर्जा विश्लेषण, लघु कर्जा र धितो सुरक्षणको लागि लिइने कागजातका महत्व तथा लगानी अशुली बारे पूर्ण रुपमा जानकारी गराउन संचालन गरिएको उक्त तालिममा त्यस क्षेत्रका ३० वटा सहकारी संस्थाहरुको उपस्थिति छ ।
आज तालिम कार्यक्रमको पहिलो दिन लघु कर्जा ब्यबस्थापन, कर्जाको सदुपयोगिता र व्यवहारिक बिश्लेषण वारे सहभागीलाई तालिम दिने कार्यक्रम रहेको बैंकका प्रबन्धक तथा यस तालिमका सहजकर्ता नवराज उपाध्यायले जानकारी दिए ।
तालिमको उद्घाटनका क्रममा बैंकका संचालक एबं शिक्षा तथा तालिम उप समितिका संयोजक सरिता भट्टराईले सहकारीको विकास तथा सहकारी मार्फत आर्थिक सम्वृद्धि हासील गर्न कर्जा महत्वपूर्ण हुने बताईन । तालिमले उपस्थित सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक र कर्मचारीहरुको कर्जा ब्यबस्थापन वारे क्षमता अभिवृद्धि गरी सहकारी मार्फत प्रवाह हुने कर्जा व्यवस्थित रुपमा प्रवाह हुने बिश्वासका साथ शुभकामना मन्तव्य व्यक्त गरिन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
