२२ कात्तिक २०८३, आईतवार

पोखराका २ सहकारीले गरे ‘दिदीबहिनी’को अध्ययन भ्रमण

२०७३ वैशाख १९, आईतवार
पोखराका २ सहकारीले गरे ‘दिदीबहिनी’को अध्ययन भ्रमण

didi bahini sahakari visitम्याग्दी । कोलपातन बचत तथा ऋण सहकारी, पोखरा र सुभम् बचत तथा ऋण सहकारी, पोखराको टोलीले बेनीबजार स्थित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको स्थलगत अवलोकन भ्रमण सम्पन्न गरेका छन ।

शुभम् सहकारीका टोली १७ गते र कोलपातन सहकारीका टोली १८ गते भ्रमण गरेका हुन् । भ्रमण टोलीलाई दिदीबहिनी सहकारीका अध्यक्ष जमुना आचार्यले संस्थाका गतिविधिका बारेमा जानकारी गराईन । अन्तरसहकारी अध्ययन अवलोकनपछि संस्थाहरुको क्षमता अभिवृद्धि, असल सम्वन्ध र सामुहिक उद्यम व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने सहकारीकर्मीहरुले विश्वास लिएका छन् ।

didi bahini sahakari visit 2

सहकारी स्थापना भएदेखि हालसम्म सहकारी तथा गरिबी निवारण मन्त्रालय र जिल्ला सहकारी संघ बागलुङसहित विभिन्न जिल्लाका १४ वटा सहकारी संस्थाले भ्रमण गरेका छन् । सहकारी अवलोकन गर्न आउने सहकारीकर्मीहरुसँग सहकारीको विषयमा छलफल, भेटघाट र अन्तरक्रिया गर्ने गरिएको अध्यक्ष आचार्यले बताईन ।

didi bahini sahakari visit 3

अभिलेख

लोकप्रिय