पोखरा रोयल सहकारीको आफ्नै भवन
पोखरा, १० माघ । पोखरामा रहेको पोखरा रोयल सहकारी संस्था लिमिटेडले २ करोड ५० लाखको लागतमा आफ्नै भवन निमार्ण गरेको छ । पोखराको बुद्धचोकमा भुइ तला सहित ४ तले पक्की भवन निमार्ण गरेको संस्थाले केहि दिन पछि उक्त भवनबाट कार्यालय संचालन गर्ने तयारीमा रहेको छ ।
आधुनिक डिजाईनमा निमार्ण भएको उक्त भवनमा सोलार जडान भएकोले चौवीसै घण्टा एसी बाहेक अन्य सेवा उपलब्ध भएको संस्थाले जनाएको छ । भुई तलामा पार्किङको व्याबस्था, दोश्रोमा सभाहल, कर्जा विभाग तथा सहकारी प्रदर्शनी कक्ष, तेश्रो तलामा कार्यालय प्रजोजनको लागि प्रयोग गरीने भएको छ भने चौथो तलामा रेष्टरुम तथा किचन रहेको छ ।
उक्त सहकारीले अन्य सहकारीहरुले उत्पादन गरेका सामानहरुको प्रवद्र्धन तथा सहकारीको प्रचारप्रसारको लागि सहकारी प्रदर्शनी कक्ष राखेको संस्थाका प्रवन्ध निर्देशक भिम गुरुङले बताए । सहकारी सदस्यलाई सहकारीहरुले उत्पादन गरेका सामानहरु प्रयोग गराउन थम मद्धत पुगोस भन्दै आफुहरुले उक्त कार्यको शुभारम्भ गरेको गुरुङले जनाए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीका ऋणीलाई सरकारको १५ दिने अल्टिमेटम
९ बैशाख २०८३, बुधबार
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार