सहकारी दिवसको अवसरमा खुल्ला कविता प्रतियोगिता
बागलृुङ । ५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरिएको गरिबी निवारणमा सहकारीको भुमिका बिषयक खुल्ला प्रतियोगिता बागलुङमा सम्पन्न भएको छ ।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको आयोजनामा भएको खुल्ला प्रतियोगिताका सहभागीहरुले कविता मार्फत देशमा आर्थिक विकास मार्फत गरिवी निवारणका लागि सहकारीको व्यवस्थापन आवश्यक रहेको बताएका थिए ।
सहकारी विपन्न वर्गको आर्थिक उन्नती गर्न तथा स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरी देशलाई स्वाधीन बनाउन समेत आवश्यक रहेको उनीहरुको भनाइ थियो ।
प्रतियोगितामा गुणराज पौडेल प्रथम, सिर्जना पन्त द्वितिय, सचदेव क्षेत्री तृतिय एवं सुर्य महत र गोविन्दप्रसाद सुवेदी सान्तवना भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई २ हजार, द्वितियलाई १५ सय, तृतीयलाई १ हजार र सान्तवना हुनेलाई ५÷५ सय रुपैंया सहित प्रमाणपत्र प्रदान गरिने छ ।
सहकारी सम्बन्धी खुल्ला कविता प्रतियोगिताको उद्घाटन गर्दै डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख बिष्णुप्रसाद शर्माले निम्न आय तथा गरिब परिवारहरुको आयस्तर बढाउनका लागी सहकारीको स्थापना भएको बताए । उनले विभिन्न समुह तथा व्यक्तिहरुलाई सहकारी शिक्षा प्रदान गर्न संघ संगठनले मात्र नभई राज्यले पनि जिम्मेवारी लिनुपर्ने भन्दै माथिल्लो पाठ्यक्रममा पनि सहकारी शिक्षा समावेश गरिनुपर्ने बताए । कार्यक्रममा संस्थाद्वारा प्रकाशित धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिकका सम्पादक रामबहादुर जिसीले संस्थाका बारेमा जानकारी गराए ।
धौलागिरि अञ्चलमा सहकारी मार्फत सञ्चारमाध्यम सञ्चालन गर्ने पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थामा हाल ८ सय ५० जना शेयर सदस्य, २ करोड १५ लाख शेयर रकम, ५ करोड बचत, ८ करोड लगानी रहेको उनले जानकारी दिए
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
