सहकारी दिवसमा सञ्चालकलाई क्षमता अभिवृद्धि
म्याग्दी । ५९ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर म्याग्दीका सहकारीकर्मीहरुलाई दुइ दिने क्षमता अभिवृद्धि तालिम बुधवार सम्पन्न गरिएको छ ।
जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीको आयोजनामा सञ्चालित तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीको परिचय, इतिहास, सिद्धान्त, मुल्यमान्यता, सञ्चालन प्रक्रिया, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति नियमलगायतका बारेमा सञ्चालक जिसीले सहजीकरण गरे । तालिम समापनका अवसरमा बोल्दै जिसीले सहकारीलाई व्यवस्थित रुपमा सञ्चालनका लागि आवश्यक नीति नियम बनाउनेदेखि सञ्चालन गर्ने काम सञ्चालक समितिको भएकाले क्षमता अभिवृद्धि गर्न आग्रह गरे ।
सञ्चालकहरुले बनाएको नीति नियमलाई मानेर कर्मचारीले काम गर्नुपर्ने बताउँदै सहकारीको आर्थिक क्षेत्र, सञ्चालन प्रक्रिया, अवस्था लगायतका विषयमा सञ्चालक जानकार हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्कीले सहकारीहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका सहकारी सञ्चालकलाई अहिले प्रदान गरिएको तालिमले महत्वपूर्ण हुने भुमिका खेल्ने बताए । उनले अब सहकारीले आर्थिक विकास सँगसँगै सामाजिक विकास र रुपान्तरणका कामहरु गर्नुपर्ने बताए ।
तालिममा जिल्लास्थित विभिन्न विषयका सहकारीका ३५ जना सञ्चालकहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रममा सहभागिका तर्फबाट डण्डपाणी सापकोटा र देवी केसीले मन्तव्य राखेका थिए भने स्वागत संघकी कोषाध्यक्ष जमुना आचार्यले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन संघका सहसचिव अमृत बास्कुनेले गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार