२२ कात्तिक २०८३, आईतवार

चैत १८ र १९ मा साकोस व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी

२०७२ चैत ११, बिहिबार
चैत १८ र १९ मा साकोस व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी

काठमाडौं । नेपालमा पहिलो पटक साकोसका व्यवस्थापकहरुका लागि राष्ट्रिय गोष्ठी हुने भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी हुन लागेको हो । चैत १८ र १९ गते सोल्टी होटलमा हुने गोष्ठीको उद्घाटन प्रधानमन्त्री केपि ओलीले गर्ने कार्यक्रम तय भएको छ ।

व्यवस्थापन प्रमुखहरुले सही दिशा, सहि सुचकको अध्ययन विश्लेषण, जानकारी, संकेत र निरन्तरताका उपायहरुको सदैब खोजिका लागि गोष्ठि आयोजना गरिएको नेफ्स्कूनले जनाएको छ ।

विद्यमान अवस्थामा व्यवस्थापन प्रमुखको कार्यदक्षता एवम् कार्यक्षमता शास्त्रीय हिसाबले वासलातको आकार र नाफा नोक्सानको अवस्थामा मापन गरिँदै आउन थालिएको र त्यसै अनुरुप रणनीतिक योजना पूर्ण रुपमा निजी कम्पनीहरु तथा बैंकहरुको हुबहु स्किमहरु राखी तयार गरिनुले सदस्य, सञ्चालक, साकोस र कर्मचारीहरु बीचको फरक फरक भूमिका, आत्मियता, सहकार्य एवम् आपसी सहयोगका विषयहरु गौण हुँदै जानु, व्यवस्थापन प्रमुखलाई लक्ष्य मात्र तोकिनु, विकास भन्दा बृद्धिलाई जोड दिनु, वासलात भन्दा पछाडिका प्रभावकारीताहरुलाई रणनीतिक सम्बोधन नहुनुले विश्वव्यापी सिद्धान्त बोकेको सहकारी र साकोस संस्कृती धरासायी बन्दै नेफ्स्कुनले जनाएको छ ।

समुदायका व्यक्तिको आर्थिक, सामाजिक र साँस्कृतीक उपार्जन भन्ने मर्म जिवीत राख्न व्यवस्थापन प्रमुखहरुको भूमिका अतुलनीय रहने भएकोले विभिन्न किसिमका स्तरीकरणका कार्यक्रमहरुमा समावेश गरिएका वित्तीय बाहेकका आयामहरुको प्रसार र अंकभन्दा बाहिरका प्रभावकारीता मापनमा व्यवस्थापन प्रमुखहरु अग्रसर हुन आवश्यक रहेको छ । गोष्ठीमा देशभरका ३ सय साकोसका व्यवस्थापकहरु सहभागी हुनेछन् ।

अभिलेख

लोकप्रिय