२२ कात्तिक २०८३, आईतवार

'थ्रि म्यान' जसले बनाए कास्कूनमा सर्वसम्वत !

२०७२ चैत ७, आईतवार
'थ्रि म्यान' जसले बनाए कास्कूनमा सर्वसम्वत !

काजी श्रेष्ठ / काठमाडौं । शुक्रबार काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून)ले सर्वसम्वत नयाँ नेतृत्व पायो । साधारणसभाको मिति चयन भए संगै चुनावी सगर्मी कास्कूनमा बढेको थियो । धेरैलाई लागेको थियो प्यानल प्यानल बीच प्रतिस्पर्धा हुन्छ । विभिन्न सहकारीकर्मीहरु एक साता अघि देखिनै प्यानल बनाउने कसरतमा थिए । प्यानल पनि बनेको थियो । साधारणसभाको अघिल्लो दिन राजधानीको बानेश्वर स्थित अर्याल होटलमा कास्कूनमा नेतृत्व गर्न चाहने सहकारीकर्मी, सहकारीका केन्द्रीय नेता, राजनीतिक दलका नेताको साथै पत्रकार पनि उपस्थित थियो । दुई दिन अघि सम्म सहमती हुने कुनै आधार थिएन । किनभने करिब करिब नेपाली कांगे्रस, नेकपा एमाले र एमाओवादी समर्थित सहकारीकर्मीहरु प्यानलनै बनाएर अघि बढ्ने तयारीमा थिए । एमाओवादी समर्थीत सहकारीकर्मीहरु भने सम्वाद, सहमति र एकताको हुनुपर्ने आवाज उठाउँदै आएको थियो ।

अन्तत तीन दल समर्थीत सहकारीकर्मीहरु एकतावद्ध भई सर्वसम्वत नेतृत्व चयन गर्न सफल भए । बिहिबार करिब १० बजे तिर सहमति भई तीन दलको संयुक्त प्यानल बन्यो । सहमती अनुरुप साझा उम्मेदवर घोषणा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का महासचिव परितोष पौडेलले गरे । उम्मेदवारी घोषणा कार्यक्रममा एमाले सहकारी विभाग प्रमुख पशुपति चौलागाई, सहकारी संघका वरिष्ठ उपाध्यक्ष मिनराज कडेंल, संघका संचालक चन्द्र ढकाल, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाई, कास्कूनका निवर्तमान अध्यक्ष शम्भु घिमिरे लगायतका सहकारीकर्मीहरुको उपस्थित थियो ।

कसरी सम्भव भयो सर्वसम्वत ?
संघका निवर्तमान अध्यक्ष शम्भु घिमिरे पनि सर्वसम्वत रुपमा अध्यक्ष भएका हुन् । आफू सर्वसम्वत रुपमा अध्यक्ष भएको र अबको अध्यक्ष पनि सर्वसम्वत बनाउने पक्षमा उनी थिए । बुधबार पत्रकार सम्मेलनमा पनि सर्वसम्वत बनाउन सक्ने भूमिका खेल्ने बताएका थिए । यता एमाओवादी निकटका सहकारीकर्मीहरु चुनाव गर्नै नहुने पक्षमा थिए । चुनावको वातावरण नबनाउन कांग्रेस निकट सहकारीकर्मी र एमाले निटकका सहकारीकर्मीलाई दबाब उनीहरुले दिएका थिए ।
सर्वसम्वतको टिम तयार गर्नेमा एमालेको समर्थीत सहकारीकर्मीको तर्फबाट नेफ्स्कूनका संचालक दिपक पनेरु, काग्रेस समर्थीत सहकारीकर्मीको तर्फबाट जिल्ला सहकारी संघ काठमाडौंको कोषाध्यक्ष मनोज भण्डारी र एमाओवादी समर्थीत सहकारीकर्मीको तर्फबाट धापासी बहुउद्देश्यीय सहकारीका अध्यक्ष सुर्दशन थापा थिए । सर्वसम्वत नेतृत्व चयन गर्नुमा तीन जनाले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । तीनै जना जसरी भएपनि सर्वसम्वत गराउने अभियानमा थिए । उनीहरु सफल पनि भए । सबैलाई मिलाएरर लैजानु चानचुने कुरा पक्कै हैन । उनीहरुले आकांक्षी सबै दल निकटका सहकारीकर्मी आ आफ्नो तर्फबाट सर्बसम्वत बनाउन दबाब दिए । सर्वसम्वत बनाउन तीन जना सहकारीकर्मीले निर्वाह गरेको भुमिका यतिखेर सहकारी अभियानमा चर्चाको विषय बन्न पुगेको छ । उनीहरुले गरेको यस कामलाई स्वागत योग्य कामको रुपमा लिइएको छ । कास्कूनबाट अन्य संघ संस्थाले पाठ सिक्नुपर्ने सन्देश प्रवाह भएको छ ।

सर्वसम्वत बारेमा के भन्छन् ?

299807_127271550709548_1927691447_n‘अभियानले बोकेको आस्थालाई साझा बनाउनु पर्छ’
दिपक पनेरु
हामी सहकारीकर्मीले बोकेको आस्था भन्दा पनि अभियानले बोकेको आस्थालाई साझा बनाउनु पर्छ भन्नेकुरा हामीले राख्यौं । शुरुमा विषय प्रवेश गराउन बहुत कठिन थियो । घनिबुत ढंगले छलफल चलायौं । साथीहरुलाई सम्झाउने बुँझाउने काम भयो । सहकारी अभियानलाई साझा बनाउनुपर्छ, सबैको विचार अटाउनु पर्छ, काम गर्न सक्ने, अभियानमा लाग्न सक्ने साथीहरुको प्रतिनिधित्व गर्ने वातावरण बनाउनु पर्छ भनेर साझा बिन्दु खोज्दै गयौं । आम रुपमा रहेको धारणालाई हामीले परिवर्तन गर्न सक्यौं ।

मिलेर जानु पर्छ । आर्थिक, सामाजिक, साँस्कृतिक जुन परिर्वन सहकारी क्षेत्रले सम्भव छ भनेर भनिरहेको अवस्थामा एउटा विचार र क्षेत्रले मात्रै परिवर्तनको सम्भावना नदेखिएको हुनाले यस्तो अभियानमा मिलेर जाँदाको अवस्थामा परिणाम हाम पार्न सकिन्छ । सहमती, सहकार्य र एकताको वातावरण देखाएको छ ।

‘सहकारी कुनै एक वर्ग, क्षेत्र, जात र पार्टीको होईन’manoj bhandari

मनोज भण्डारी
सहकारी कुनै एक वर्ग, क्षेत्र, जात र पार्टीको होईन । सहकारी सबै क्षेत्रको प्रतिनिधित्व गर्ने मानिसको साझा संगठन हो । कास्कूनमा भएको सर्वसम्वत नेतृत्व चयनले सहकारीको सकारात्मक सन्देश प्रवाह भएको छ । यसले सहकारी आन्दोलनमा एउटा ईटा थप्ने काम गर्छ । निर्वाचनबाट कुनै एक पक्ष मात्र नेतृत्वमा आउने र अर्को पक्ष बाहेस हुँदा विचारहरु मन्थन नहुने हुन्छ । एक पक्षमात्र जाँदा विचारहरु बाँझिन पाउँदैन । सहकारी आन्दोलनलाई बाधा हुन्छ । जुन किसीमको एकता भएको पक्कै पनि राम्रो काम भएको छ । यस्तो टिमले मात्र सहकारी आन्दोलनको नेतृत्व गर्न सक्छ ।

‘दबाद दिन हामी सफल भयौं’

sudarsan thapa
सुर्दशन थापा
शुरुमा सहमती र सहकार्यको वातावरण बनेको थिएन । कांग्रेस र एमाले समर्थीत सहकारीकर्मी बीच सहमतीको वातावरण पटक्कै बनेको थिएन । एमाले समर्थीत सहकारीकर्मीहरुले कांग्रेस समर्थीत सहकारीकर्मीसंग सहमती र एकता हुँदैन भन्ने कुरा पनि गर्नुभयो । यी दुबै पक्षलाई एकै ठाउँमा आउन बाध्य बनाउने किसिमको दबाद दिन हामी सफल भयौं । दबाबका कारण सबै पक्षबीच मिलेर सहकारी अभियान अगाडी बढाउनु पर्छ भन्ने भावना जागृत भयो । दुबै पक्षबीच कुरा गर्दा उहाँहरु सोच्न बाध्य हुनुभयो । हामी जसरी पनि जित्छौं र सहमती नगर्ने भन्ने साथीहरुको दम्ब पनि हामीले तोड्न सफल भयौं । कांग्रेस समर्थीत सहकारीकर्मीसंग पनि राजनैतिक आर्दशका साथ हामी बामपन्थीहरु संग मिलेर जान सक्दैनौं भन्ने बुझाई उनीहरुको थियो ।

सहकारी अभियान राजनीतिक भन्दा पनि विशुद्ध बाहिरको कुरा हो । सहकारीमा सहमती, सहकार्य र एकता भावना अनुरुप अघि बढ्नु पर्छ भनेर दबाब दिएका कारण रातारात सहमती भएको हो । जुन किसिमको सुत्रधारको रुपमा एमाओवादी काठमाडौं सहकारी विभागका इन्चार्ज राम प्रसाद खनालले महत्वपूर्ण भुमिका खेल्नुभयो ।

अभिलेख

लोकप्रिय