धादिङमा रक्तदान कार्यक्रम, १ सय ६५ जनाले रक्तदान गरे
धादिङ । ५९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि. धादिङले मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा ७० जना महिला र ९५ जना पुरुषहरु गरि १ सय ६५ जनाले रगत दान गरेका छन् । कार्यक्रममा एक जना विदेशी ह्यारी लिन्जले पनि रगत दान गरेका थिए । कार्यक्रमको सहकारीका सह–सचिव शिवहरि अधिकारीले रक्तदान गरी उद्धघाटन गरेका थिए ।
नेपाल गुणस्तर चिन्न प्राप्त प्रोबेशन बाण्ड प्राप्त धादिङको एक मात्र उत्कृष्ट सहकारी रुपमा परिचित श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि.ले मानवीय तथा सामाजिक कार्यहरुलाई पनि आफ्नो नियमित कार्यक्रममा समावेश गर्दै आएको छ । निस्वार्थ भावनाले मानवीय सेवाको लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको सहकारीका व्यवस्थापक गोपी प्रसाद रिजालले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
