कास्कूनमा एमाले र कांग्रेस भिड्दै, काे-काे उठ्दै छन् ?
काठमाडाैं । काठमाडौँ बचत तथा ऋण सहकारी संघ लि (कास्कून) काे अागामी नेतृत्वका लागि दुई पक्षिय प्यानल बीच प्रतिस्पर्धा हुने देखिएकाे छ ।
कांग्रेस निकट सहकारीकर्मी र एमाले निकटका सहकारीकर्मीहरु प्यालन बीच प्रतिस्पर्धा हुने देखिएकाे हाेे । दुबै पक्ष प्यालन बनाउने कसरतामा लागि परेका छन् । हाल सम्म दुबै पक्षले अाधिकारीक प्यानलकाे घाेषणा गरेका छैनन् ।
एमाले निकट प्यालनबाट अध्यक्ष पदमा संघका वर्तमान सचिव केशव दंगाल उठ्ने पक्का भएकाे छ । त्यस्तै उपाध्यक्षमा प्रकाश श्रेष्ठ र सचिवमा नवराज अर्याल उठ्ने फाईनलनै भएकाे छ । अन्य पदमा कस कसलाई उठाउने भन्ने विषयमा छलफल भईरहेकाे छ ।
यता कांग्रेस निकट प्यानलबाट भने कसलाई कुन पदमा उठाउने भन्ने विषायमा छलफल भईरहेकाे छ । वर्तमान अध्यक्ष शम्भु घिमिरे पुन: अध्यक्ष बन्न चासाे देखाएका छन् । उनी सर्वसम्वत भएमा मात्र अाफू अध्यक्ष बन्ने बुझिएको छ । यदि चुनावै हुने अवस्था आएमा कुश श्री न्यौपाने र गोविन्द काफ्ले मध्ये एक जनालाई चुनावी मैदानमा ल्याउने कांग्रेस निकट सहकारीकर्मीकाे तयारी छ । घिमिरे पुन: अध्यक्षमा उठ्न सक्ने सम्भावना बढी छ ।
माअाेवादी निकट सहकारीकर्मीले भने अाफूहरुलाई उपयुक्त पद जुन पक्षले दिन्छ त्यतै समर्थन गर्ने तयारीमा छन् ।
चुनावको तयारीमा एमाले समुह भित्री रूपमा सक्रिय भइसके पनि काँग्रेस समुह सधैँ झैँ सुस्त नै देखिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
