२२ कात्तिक २०८३, आईतवार

सहकारीको कार्यक्रमलाई प्रधानमन्त्रीको फोनबाटै सम्बोधन

२०७२ फागुन २९, शनिवार
सहकारीको कार्यक्रमलाई प्रधानमन्त्रीको फोनबाटै सम्बोधन

बर्दिया । सहकारी नमुना जिल्ला घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले फोनबाटै सम्बोधन गरेका छन् । हेलिकोप्टरबाट आउन लागेका ओली मौसम बिग्रेपछि बर्दिया आउन नसकेपछि फोनबाटै सम्बोधन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले करिब तीन मिनेटको सम्बोधनमा नमुना सहकारी जिल्ला भएको घोषणा गरेका थिए । सहकारीमा महिला सदस्यको संख्या उल्लेख्य भएको उल्लेख गर्दै सरकारले सहकारीको विस्तारका नयाँ कार्यक्रम ल्याउने बताए ।
सांसद् मानबहादुर चौधरी, लिला राना, निर्मल सुवेदीले नमुना जिल्ला घोषणा कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

अभिलेख

लोकप्रिय