२२ कात्तिक २०८३, आईतवार

सहकारी क्षेत्रजस्तै उर्जामा पनि समस्या : उपप्रधानमन्त्री रायमाझी

२०७२ फागुन १४, शुक्रबार
सहकारी क्षेत्रजस्तै उर्जामा पनि समस्या : उपप्रधानमन्त्री रायमाझी

काठमाडौं । उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझिले सहकारीले कृषि, जलविद्युत्त, उद्योग, व्यापार व्यवसायमा लगानी गर्न सके मात्र आर्थिक क्रान्ति हुने बताएका छन् ।

हजार माइलको यात्रा गर्न एक पाइलबाट यात्रा शुरु हुने भन्दै मन्त्री रायमाझीले सहकारीबाटनै मुलुक आर्थिक समृद्ध हुने बताए । जिल्ला सहकारी संघ काठमाडौंको १६ औं बार्षिक साधारणसभामा बोल्दै रायमाझिले दिगो, भरपर्दो र राष्ट्रनिर्माणका लागि सहकारी अपरिहार्य भएको बताए ।

सहकारी क्षेत्रजस्तै उर्जामा पनि समस्या रहेको उनको भनाई थियो । १ सय ५ वर्षमा ३ सय १० मेगावाट मात्र विद्युत उत्पादन हुनु विडम्बनाको रहेको बताए । उर्जा क्षेत्रको विकासका लागि तत्कालिन, मध्यकालिन र दिर्घकालिन रुपमा काम अघि बढाउन ‘मास्टर प्लान’ बनाएर अघि बढेको उनले बताए । ‘हाल १ सय ७ वटा विद्युत परियोजनाहरु सञ्चालनमा छन्’ उनले भने, ‘यि परियोजनामा देखिएको समस्या तत्काल समाधान गरी निमार्ण कार्यलाई द्रुत रुपमा अघि बढाउने काममा सरकार छ ।’ जतिसक्दो चाडो लोडसेडिङ अन्त्य गर्नका लागि सरकार क्रियाशील भएको उनको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडाल, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक सञ्चालक केबी उप्रेती, डिभिजन सहकारी कार्यालय काठमाडौं प्रमुख नारायणप्रसाद अर्याल, नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष डिल्ली प्रसाद सापकोटा गायतले मन्तव्य राखेका थिए ।

अभिलेख

लोकप्रिय