सुधिर बस्नेतद्धारा उपभोक्ता समितिसँग गरेको करार एकतर्फि रद्द
काठमाडौ, ७ माघ । आफ्नो बलबुत्तामा निर्माण प्रक्रियामा रहेका हाउजिङ्ग पूरा गर्न नसकेपछि उपभोक्ता समितिलाई हस्तान्त्रण गरेका परियोजनाहरु सुधिर बस्नेतले फेरी आफ्नो स्वामित्वमा लिने घोषणा गरेका छन् ।
उनले मंगलवार सूचना जारी गर्दै विभिन्न हाउजिङ्ग तथा अपार्टमेन्ट बुकिङ्ग गर्ने ग्राहकद्वारा गठन भएका उपभोक्ता समितिसँग विभिन्न चरणमा गरिएका गराईएका सम्झौता, अख्तियारनामा र कम्पनीका माईन्युटहरु हाल औचित्यहिन भएको भन्दै ती सबै सम्झौता रद्द गरिएको जानकारी दिएका छन् ।
उनले कम्पनी आफैले विभिन्न क्षेत्रबाट स्रोतको व्यवस्थापन गरी बन्द रहेका सम्पूर्ण आयोजनाको निर्माण सुरु गर्ने घोषणा समेत गरेका छन् । उनले इमाडोल –४ ललितपुरस्थित भेगास सिटीको निर्माण कार्य सुरु गरिसकेको दावी समेत गरेका छन् । बस्नेतले सानेपा अपार्टमेन्ट, इम्पेरियल अपार्टमेन्ट लगायतका सबै आयोजना निर्माण सुरु गर्ने र सबैको सहयोग प्राप्त भएमा सबैमा हस्तान्त्रण गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।
उनले उपभोक्ता समितिले बन्द भएका आयोजनाको निर्माण कार्य समयमा थालनी गर्न नसक्दा बुकिङ्गकर्ताहरुलाई समस्या पर्न जाने र निर्माणपछि बाँकी फ्ल्याटहरुको विक्री गरी बैंक तथा वित्तीय संस्थाहरुको साँवा व्याज बुझाउन ढिला हुने हुँदा त्यसले आयोजनाको लागत अत्याधिक बढने समेत बताएका छन् । कोहिनुर हिल हाउजिङ्ग तथा ओरियण्टल बिल्डर्स एण्ड डेभलपर्सको अध्यक्षका हैसियतमा सूचना जारी गर्दै बस्नेतले समस्याग्रस्त सहकारी संस्थाको छानविन गर्न गठन भएको जाँचबुझ आयोगसमक्ष एकमुष्ठ समस्या समाधान गर्न योजना पेश गरेको जानकारी पनि दिएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विवेकशील विवेक !
२२ श्रावण २०८३, शुक्रबार
२८ वर्षमा आइडियल साकोस: १८ हजार सदस्यको भरोसा, १.५८ अर्ब सम्पत्तिसहित डिजिटल सेवामा अग्रसर
१९ श्रावण २०८३, मंगलवार
जनउत्थान साकोसको उत्कृष्ट वित्तीय नतिजा: ११.८० करोड नाफा, सदस्यलाई १०% शेयर लाभांश प्रस्ताव
१९ श्रावण २०८३, मंगलवार