सहकारीको गुणात्मक विकास गर्न जरुरीः घिमिरे
सिमरा, ५ माघ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कून) का अध्यक्ष ऋषिराज घिमिरेले मुलुकको सहकारी अभियानको सुद्धीकरण र गुणात्मक विकास गर्न जरुरी रहेको बताएका छन् ।
जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीको भक्तिपुरमा चौथो वार्षिक साधारणसभालाई बोल्दै मुलुकमा नागरिक र समाजको पक्षमा काम गर्ने सबैभन्दा ठुलो र जिम्मेवार संगठनको रुपमा सहकारी अभियान रहेको र उनीहरुकै प्रयासबाट ग्रामिण अर्थतन्त्र चलायमान र गतिशिल भएको बताए ।
घिमिरेले शहरका केही सहकारीहरुमा समस्या आएको तर मुलुकभरका क्रियाशिल करीव २७ हजार सहकारीहरुमध्ये ९९ प्रतिशत सहकारीहरु सफल सञ्चालनमा रहेको र उनीहरुले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन सहयोग पुर्याई रहेको दाबी गरे । समुदायमा आधारित सदस्यकेन्द्रीत भई व्यवसायिक रुपमा सञ्चालन गर्दा समस्या नआउने बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार