समाज सुधार सहकारीद्वारा तरकारी पसल सञ्चालन
सिमरा, ३ माघ । डुमरवानास्थित समाज सुधार कृषि सहकारी संस्थाले हातिसार बजारमा सहकारी तरकारी पसल प्रारम्भ गरेको छ ।
कार्यक्रममा बोल्दै साना किसान कृषि सहकारी संघका अध्यक्ष शिव अधिकारीले सहकारी तरकारी पसलको सञ्चालनले आम किसान र उपभोक्ताहरु लाभान्वित हुने बताए । नेफस्कूनका सञ्चालक कृष्ण पौडेलले सहकारी अभियानलाई दिगो र प्रभावकारी बनाउन कृषि र ग्रामिण अर्थतन्त्रमा प्रभावकारी ढंगले जोडिनु पर्ने बताए ।
संस्थाका अध्यक्ष नारायणदत्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका प्रमुख कमलदेव कुशवाहा, डुमरवाना गाविसका सचिव टंक चिमरिया, राष्ट्रिय सहकारी बैंक सिमराका प्रमुख युवराज त्रिपाठी, आदिवासी जनजाति महासंघ बाराका अध्यक्ष रुपलाल चौधरी, सप्तरंगी सहकारीका सञ्चालक लक्ष्मी नेपाली, उद्यमशिल सहकारीका कञ्चनबहादुर गुरुङ्ग, हातेमालोका सञ्चालक किशोर शर्मा, किसान रामप्रसाद अधिकारीलगायतले बोलेका थिए ।
कृषि क्षेत्रमा नवीनतम ज्ञान, सीप र प्रविधिसहित किसानहरुको हितमा काम गरिरहेको सो सहकारीले सामुहिक खेती, उन्नत वीऊ उत्पादन तथा वितरण कार्य गरिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार