सहकारीद्धारा स्यार्पुतालमा व्यवसायीक माछापालन
प्रविर ददेल ।
रुकुम ,३० पुस । रुकुमको एक सहकारी सस्थाले जिल्लाको पर्यटकिय क्षेत्र स्यार्पुतालमा माछा पालन गरेको छ । वाफिकोट ३ मा गठन गरीएको स्यार्पुताल कृषि सहकारी सस्था लिमीटेड रुकुमले स्यार्पुतालमा माछा पालन गरेको हो ।
यु.एम.एन रुकुमको आर्थिक सहयोग र नेपाल जनजागरण मन्च रुकुमको सहजीकरणमा स्यार्पुतालमा सहकारी मार्फत ६८ हजार माछापालन व्यवसाय गरीएको नेपाल जनजागरण मन्चका अध्यक्ष शम्भु विसीले वताए ।
उनले भने, सहकारी मार्फत स्यार्पुतालमा माछापालन गरी विपन्न घरपरिवारको जिवीकोपार्जन सुधार गर्ने लक्ष्यका साथ स्यार्पुतालमा माछापालन गरीएको हो ।
स्यार्पुतालमा खुल्ला तालमा र जाल भित्र गरी २ किसीमले माछा पालन गरीएको स्यार्पुताल कृषि सहकारी सस्थाका अध्यक्ष धनवहादुर मल्ले अभियानलाई जानकारी दिए ।
“जिल्लामा माछाको माग अत्याधिक रहेकाले सहकारी सस्था मार्फत स्यार्पुतालमा व्यवसायीक माछापालन गरीएको सहकारी सस्थाका अध्यक्ष मल्लले भने ।” स्यार्पुतालमा माछापालन व्यवसाय फस्टाउदो रहेको छ ।
सहकारी सस्थाले माछापालन व्यवसायवाट एकै सिजनमा साढे एक करोड रुपैया सम्म आम्दानी गर्ने आश लिएको सहकारी सस्थाका कोषाध्यक्ष मिना दाालले जनाईन । सहकारी मार्फत स्यार्पुतालमा ग्रासकार्फ, विगेहेडकार्स , कमनकार्फ, सिल्भरकार्स जातको माछापालन गरीएको छ ।
सहकारी मार्फत स्यार्पुतालमा गरीएको माछापालन व्यवसायले दिर्घकालीन फाईदा लिने विश्वास स्थानिय वासीले गरेका छन ।
पर्यटकीय क्षेत्रको रुपमा रहेको स्यार्पुतालमा माछा पालन व्यवसायले थप पर्यटकीय विकासको आधारका वन्न सक्ने जिल्ला पर्यटन विकास समितीका अध्यक्ष तथा स्थानिय विकास अधिकारी भरतकुमार शर्माले जनाए । उनले भने, स्यार्पुतालमा माछा पालन व्यवसायलाई दिर्घकालीन रुपमा विकास गर्न सहकारी सस्थालाई सुझाव दिए ।
२.६ बर्ग मिटरको क्षेत्रफलमा रहेको तालमा माछा पालन सुरु गरे पछि स्यार्पुतालमा अझ पर्यटकीय सम्भावना वढेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार