७ वैशाख २०८३, सोमबार

सहकारी संस्थाहरूमा प्रजातान्त्रिक पद्धतिहरू कमजोर भएः कैलाशभक्त प्रधानाङ्ग

२०७० पुष २९, सोमबार
सहकारी संस्थाहरूमा प्रजातान्त्रिक पद्धतिहरू कमजोर भएः कैलाशभक्त प्रधानाङ्ग

काठमाडौं, २९ पुस । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)का पूर्वअध्यक्ष कैलाशभक्त प्रधानाङ्गले सहकारी संस्थाहरूमा प्रजातान्त्रिक पद्धतिहरू कमजोर हुँदै गइरहेको बताउनुभएको छ । सोमबार मध्यपुर थिमि बालकुमारी सहयोगी बचत तथा सेवा केन्द्र सहकारी संस्थाको साधारणसभाको उद्घाटन गर्दैराजनीतिकरणबाट सहकारी संस्थाहरू मुक्त हुनुपर्ने जोड दिनुभयो ।

संस्थाको आठौँ वार्षिक साधारणसभामा वार्षिक प्रतिवेदन पेस गर्दै अध्यक्ष केशवचरण श्रेष्ठले ३१८ महिला, ४६३ पुरुष र ३६ बाल सदस्यसहित ८१७ सदस्यबाट विभिन्न शीर्षकमा रु चार करोड ९८ लाख ३४ हजार १६६ निक्षेप सङ्कलन भएकामा सदस्यहरूलाई न्यून ब्याज दरमा रु चार करोड दुई लाख १८ हजार ११५ ऋण प्रदान गरिएको जानकारी दिनुभयो । संस्थाले गत आर्थिक वर्ष २०६९÷७० मा रु चार लाख ५७ हजार ७९५ नाफा गर्न सफल भएको छ ।

जिल्ला सहकारी सङ्घ भक्तपुरका प्रधिनिधि न्हुछेबहादुर प्रजापति, बालकुमारी बचत तथा ऋण सहकारी संस्थाका सचिव तुइलाल श्रेष्ठ र संस्थापक अध्यक्ष कृष्णचरण श्रेष्ठ, उपाध्यक्ष रामकृष्ण श्रेष्ठ, सचिव चन्द्रकृष्ण श्रेष्ठ, कोषाध्यक्ष प्रदीप श्रेष्ठलगायतले आ–¬आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका ज्येष्ठ नागरिक ज्योतिनारायण श्रेष्ठ तथा सदस्यहरू मध्येबाट एसएलसी २०६९ सालमा सहभागी भई सर्वोत्कृष्ट हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।

अभिलेख

लोकप्रिय