सहकारीताकाे माध्यमबाट देशकाे अार्थिक सम्भव हुने कांग्रेसका उपसभापति पौडेलकाे भनाइ
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सहकारीताकाे माध्यमबाट देशकाे अार्थिक विकास सम्भव हुने बताएका छन् । माउन्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै उपसभापति पौडेलले साे कुरा बताएका हुन । उनले सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्न जरुर रहेकाे पनि बताए ।
नेपालमा सहकारीको शुरुवात विपी कोइरालाले गरेको चर्चा गर्दै उनले सहकारीलाई आधार स्तम्भ बनाउन आवश्यक भएको बताए । ‘सहकारी विपी कोइरालाले शुरु गरेका हुन् तर विपीले शुरु गरे जस्ताे हुन सकेको छैन्, यसकालागि सबै लाग्नु पर्छ ।’ उनले भने ।
कार्यक्रमा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले सहकारी र निजी क्षेत्रले देशको आर्थिक छलाङ मार्न सक्ने बताए । सहकारी र निजी क्षेत्रले मात्रै एक्लै केही गर्न नसक्ने भन्दै उनले सबैै मिलेर मात्र देशको आर्थिक विकास गर्न सकिने बताए ।
साधारणसभाकाे अवसरमा संस्थाले माउण्ट धौलागिरी कम्प्लेक्सको पनि उद्घाटन गरिएकाे छ । २ करोड ४४ लाखकाे लगानीमा कम्प्लेक्स सञ्चालनमा ल्याएको हो । उक्त कम्लेक्सको एक तलाबाट सहकारीको कारोबार गर्ने र अरु सबै तला भाडामा लगाइने संस्थाका प्रबन्ध निर्देशक गोविन्द शर्माले बताए । संस्थाले भाडावापत २ लाख मासिक आम्दानी गर्ने उनले बताए । सय २९ सदस्य रहेकाे यस सहकारीले वार्षिक २५ करोडको कारोबार गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार

