केवलपुर महिला सहकारी मुलुककै नमूना – कृष्णहरि बास्कोटा
धादिङ, १६ पुष । जिल्लाको केवलपुर महिला साना कृषक सहकारी संस्थाले अदुवा संकलन केन्द्र भवन शिलान्यास गरेको छ । संस्थाको एघारांै साधारण सभामा सहभागी हुन पुगेका प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव कृष्णहरि बास्कोटा र कृषि विकास मन्त्रालयका सचिव जय मुकुन्द खनालले संयुक्त रुपमा शिलान्यास गरे । संकलन केन्द्र व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को पुरक अनुदानबाट निर्माण गर्न लागेको हो ।
धादिङको केबलपुरमा अदुवाको उत्पादनमा सघाउनका लागि प्रदान गरिने अनुदान रकम २२ लाख ७१ हजार २ सय ५० रहनेछ भने कूल आयोजना रकम ४९ लाख ४२ हजार रहेको छ । यसबाट प्रत्येक वर्ष १ सय २५ जना महिला किसानका दरले दुई वर्ष प्रत्यक्ष लाभान्वित हुनेछन् । नेपालमा केवलपुर रेसाविहिन उत्कृष्ट अदुवा उत्पादनका लागि ख्याती प्राप्त गाउँ हो ।
६ सय ७२ जना महिला मात्रै सदस्य रहेको यो सहकारी संस्था मुलुककै नमूना सहकारी संस्था रहेको बास्कोटाको भनाइ थियो । मुलुक भित्र हाल ३ हजारको संख्यामा सहकारीहरु महिलाले नै संचालन गरेको चर्चा गर्दै सचिव वास्कोटाले महिला सशक्तिकरणमा नेपाल दक्षिण एसियामै अग्रणी स्थानमा रहेको कुरा बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार