सहकारीको नाटक शुरु, नाटक सहकारी ठगीमा केन्द्रित
काठमाडौं, १६ पुस । सूचना चौतारी सञ्चार सहकारी संस्था तथा शिल्पी नाट्य समूहको आयोजनामा सोमबारदेखि सहकारी कथावस्तु समेटिएको नाटक शुरु भएको छ । ‘जेसिमो बेटा भर्सन २०१४’ नामक नाटकले सहकारी क्षेत्रको कथावस्तु समेटेको छ ।
सहकारीकर्मीमाझ जनचेतना प्रदान गर्ने उद्देश्यले सहकारीको कथा समेटिएको उक्त नाटक गोठाले थिएटरमा मञ्चन भइरहेको छ । एक हप्तासम्म सञ्चाललन हुने नाटकमा सहकारीको ठगी, सहकारीले गरेका राम्रा काम, सहकारी सञ्चालन गर्दा अपनाउनुपर्ने सन्देश प्रवाह गरिएको छ ।
सो अवसरमा बोल्दै कलाकार लक्ष्मी गिरीले सहकारीमा विकृति भित्रिन लागेको भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताइन । ‘सहकारीमा विकृति भित्रिन नदिन यस नाटकले सन्देश दिएको छ, सहकारीबाट आर्थिक उपार्जनमा जोड दिनुपर्छ’ उनले भनीन् । अहिले ढुकुटी खेलाउनेतर्फ सहकारी लागेको भन्दै त्यसतर्फ नलाग्न पनि सहकारी संस्थालाई उहाँको आग्रह थियो ।
एजीङ नेपालका अध्यक्ष कृष्णमुरारी शर्माले सहकारी शिक्षाको कमीका कारण सहकारीमा विकृति देखा परेको बताए । सबै माझ सहकारी शिक्षा दिन आवश्यक भएको उनको भनाइ थियो । पद्मावती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इनद्रमणि शाक्यले केही सहकारीमा विकृति देखा परे पनि सहकारीले उदाहरणीय काम गरेको बताउनुभयो । सहकारीले आर्थिक विकासमा राम्रो गरेका छन्, यसको विकासका लागि अझै लाग्न आवश्यक रहेको उनको भनाइ थियो ।
सूचना चौतारी सञ्चार सहकारी संस्थाका अध्यक्ष विपिन शर्माले नाटकबाट सहकारीको जनचेतना फैलाउन आफूहरु लागेको बताए । आर्थिक विकासमा सहकारीको महत्वपूर्ण योगदान हुने भएकाले सहकारीको विकासका लागि लाग्न जरुरी रहेको उनको भनाइ थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार